बिर्तामोड : झापाको बिर्तामोडमा ब्रिज कोर्स तथा भाषा शिक्षण कक्षा सञ्चालन सम्बन्धि एक दिने अभिमूखिकरण कार्यक्रम गरिएको छ ।
सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशको आयोजना तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा शाखाको समन्वयमा आज बुधबार अभिमूखिकरण कार्यक्रम गरिएको हो ।

_1751853734.jpg)
प्रदेशभर ब्रिज कोर्स र भाषा शिक्षण प्रदान गर्ने संस्थाहरूको अनुमति तथा नवीकरण, अनुगमन तथा नियमन लगायतक कार्यलाई व्यवस्थित र सरलीकृत गर्ने, ब्रिज कोर्स र भाषा शिक्षण सम्बन्धी कार्य गर्ने संस्थाले प्रदान गर्ने सेवा सुविधालाई व्यवस्थित गर्नुका साथै
लिइने शुल्कलाई पारदर्शी गर्ने, ब्रिज कोर्ष र भाषा शिक्षण सम्बन्धी कार्यलाई व्यवस्थित, सरल, सहज, भरपर्दो, गुणस्तरीय एवम् पारदर्शी बनाउने, ब्रिज कोर्र्स र भाषा शिक्षण कार्यमा संलग्न संस्थालाई मर्यादित र अनुशासित बनाउने, र सेवा प्रदायक संस्था र विद्यार्थीबीच सु–सम्बन्ध कायम गर्ने उदेश्यले अभिमूखिकरण गरिएको मन्त्रालयको कानुन अधिकृत निर्मल भट्टराईले जानकारी दिए ।

_1736908732.jpg)
मन्त्रालय कोशी प्रदेशका युवा तथा खेलकूद महासंघ प्रमुख फडिन्द्र खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका कानुन अधिकृत भट्टराईले बिषय बस्तुको मुख्य प्रस्तुतीकरण गरेका थिए ।
मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा इक्यानको केन्द्रिय सदस्य पुष्पराज भट्टराई, इक्यान झापा अध्यक्ष मिलन ओली सहित इक्यान झापाका पादाधिकारी तथा शैक्षिक परामर्श सेवा दिइरहेका व्यवसायीहरुको सहभागीता रहेको थियो । मन्त्रालयका शाखा अधिकृत बलराम पराजुलीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
