श्रीकृष्ण प्रणामी मन्दिर चारपानेको प्राङ्गणमा एक दिवशीय ‘युवा जागरण तथा प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल कोशी प्रदेश जिल्ला कार्य समिति झापाको आयोजना र प्रारम्भिक समिति चारपानेको ब्यवस्थापनमा उक्त कार्यक्रम गरिएको हो ।
युवा परिषद नेपालका राष्ट्रीय अध्यक्ष जगदीश चन्द शर्माको प्रमुख आतिथ्यता तथा जिल्ला कार्य समिति झापाका अध्यक्ष टहलदास ओलीको अध्यक्षातामा भएको प्रशिक्षण कार्यक्रममा युवा सन्त नवीन कृष्ण शास्त्री, युवा परिषदका पुर्व राष्ट्रीय अध्यक्ष मातृका प्याकुरेल र बर्तमान राष्ट्रिय अध्यक्ष जगदीश चन्द्र शर्माले सहजीकरण गरेका थिए ।

_1751853734.jpg)
उनीहरुले धार्मिक,आध्यात्मिक तथा संगठन बिस्तारको बारेमा सहभागिलाई प्रशिक्षण प्रदान गरेका थिए । सेवा समिति नेपालका अध्यक्ष एस.के. शर्मा , सेवा समिति तथा सतसङ्ग सेवा परिषद झापाका पदाधिकारी तथा सदस्यहरु , युवा परिषद नेपालका पदाधिकारी

_1736908732.jpg)
तथा सदस्यहरु, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु, बाइजुराज महिला समिति झापा अध्यक्ष मिरा अधिकारी ओली लगायत पदाधिकारी तथा सदस्यहरु , स्थानीय मन्दिरका अध्यक्ष लगायत युवा परिषद र बाइजुराज समिति समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा झापा जिल्ला अन्तर्गतका ३० वटै प्रारम्भिक समितिका युवा परिषदका पदाधिकारी तथा सदस्यहरुको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।

चारपाने युवा परिषद अध्यक्ष बासु पाण्डेले स्वागत गरेको कार्यक्रममा कोशी प्रदेश अध्यक्ष अनिल ढुंगानाले औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रमको संचालन युवा परिषद झापा उपाध्यक्ष समर्पण खतिवडाले गरेका थिए ।