नियमित विद्युत आपुर्तिको माग गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ ।
आज शुक्रबार संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहितको टोलीले अनियमित रुपमा विद्युत कटौती गरिएको भन्दै वितरण केन्द्रलाई ज्ञापन बुझाएको हो ।

देश लोडसेडिङ्ग मुक्त भइसकेको र सरकारले नेपालमा उत्पादित विद्युत अन्य मुलुकमा बेच्ने बताइरहेका बेला पछिल्लो समय भइरहेको अनियमित विद्युत कटौतीका कारण उद्योगी व्यवसायी सहित सर्वसाधारण मर्कामा परेको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले ओभर लोड भएर ट्रान्सर्फमरमा हुने आगलागी लगायतका क्षति कम गर्न ट्रान्सर्फमरको क्षमता बृद्धि गर्न माग गरिएको बताए ।
नियमित विद्युत नहुँदा सरकारी तथा विभिन्न कामहरु प्रभावित हुने गरेको संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । उनका अनुसार पछिल्लो समय बढ्दो गर्मीमा अनियमित विद्युतका कारण जनजीवन कष्टपूर्ण बनेको भन्दै सहज बनाउन माग राख्दै ज्ञापन बुझाइएको हो ।

_1736908732.jpg)
ज्ञापनपत्र बुझ्दै विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख सुधिरकुमार रायले गर्मी बढेसंगै खोला र नदीमा पानीको सतह कम हुँदै जाँदा अहिले विद्युत आपूर्ति नियमित हुन केही समस्या भएको बताए । साथै उनले
प्राधिकरणले ध्यार्कषणलाई गम्भीर रुपमा लिएको पनि बताए । उनले हाल नेपालमा लोड सेडिङको अन्त संगै अनमित विद्युत आर्पुतीका कारण नेपाल विधुत प्राधिकरण अन्तर्गतका हरेक वितरण केन्द्रहरुको टाउको दूखाईको विषय बनेको पनि उल्लेख गरेका छन् ।

उनले समय क्रमसंगै मानिसका आवश्यकता तथा बिलासीताका विद्युत सामाग्रीको बढ्दो प्रयोग कारण समस्या भएको बताए । उनले क्षमता विस्तार गरे मात्र समस्या हल गर्न सकिने बताए ।
वितरण केन्द्रका प्रमुख रायले ट्रान्सफर्मरमा विद्युत ओभर लोड हुँदा फर्मा भित्र रहेको फियूज झल्ने हुँदा झ्याप्प – झ्याप्प लाइन जाने गरेको बताए । विद्युत उपभोग गर्ने उपभोक्ताको खंख्यामा वृद्धी भइरहेको र ट्रान्सफर्रमाको क्षमता भने नबढाउँदा धेरै ओभर लोड हुन भइ ट्रान्सफर्मरको फियूज झल्ने गरेको उनको भनाई छ । कार्यक्रममा संघको सह कोषध्यक्ष राधिका चुंडाल, सदस्य बिशाल थापा, जिवन खड्का लगायतको उपस्थिति रहेको थियो ।