विकोइ बिल्डर्सका सञ्चालक हुमनाथ कोइराला ठगी मुद्दामा जेल परेका छन्। एक महिनाअघि काठमाडौंस्थित निवासबाटै पक्राउ परेका कोइरालालाई जिल्ला अदालत झापाले मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न आदेश दिएको हो।
उनलाई आज आइतबार जेल चलान गरिएको हो । कोइरालालाई इलाका प्रहरी कार्यलय दमकमा राखेर अनुसन्धान गरिएको थियो।

कोइरालाले दमक नगरपालिका २ का गुणराज थापा , राजकुमार थापा लगायत ९ जनालाई जग्गा दिने सर्तमा ६ करोड ७५ लाख रुपैयाँ लिएका थिए।
तर सर्तअनुसार जग्गा पनि नदिएको र रकम पनि फिर्ता नगरेको भन्दै इलाका प्रहरी कार्यलय दमकामा उजुरी परेको थियो।

_1736908732.jpg)
कमल गाउँपालिका १ मा रहेको करिब तीन बिघा जग्गा पास गर्नका लागि वारेसनामासमेत दिएर आफूहरुलाई झुक्याइएको थापाले बताएका छन्।
आफूहरुलाई वारेसनामा दिएर थाहै नदिइ केही समयमै बदर गरेपछि आफुहरु ठगिएको थाहा पाएको गुणराज थापाले बताएका छन्।
