झापाको कनकाई नगरपालिकाले वडा नम्बर ८ र ४ का २४ जना भुमिहिन सुकुम्बासीलाई आइतवार निशुल्क जग्गा धनीपुर्जा वितरण गरेको छ । लामो समयदेखि बसोबास गर्दै आएका देशभर आफ्नो तथा आफ्नो परिवारको नाममा जमिन नभएका २४ घर परिवारलाई निशुल्क बसोबासीको आधारमा जमिनको लालपुर्जा प्रदान गरिएको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।
एक कार्यक्रमकाबिच राष्ट्रिय भुमि आयोगका अध्यक्ष तिलक पाण्डे , कनकाई नगरपालका प्रमुख पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, भुमि आयोगका सदस्य सानुकुमार लामा, सदस्य ताराप्रसाद सुवेदी, युएन हयाबीटाटकी प्रतिनिधि मिस हेलेन जीएलटिएन,

_1751853734.jpg)
नापी कार्यालय झापाका प्रमुख सुरेशलाल कर्ण, भुमिसुधार तथा मालपोत कार्यालयका प्रमुख योगेन्द्र दुलाल, कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदी, ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल लगायातले संयुक्त रुपमा धनीपुर्जा वितरण गरेका हुन् । उनीहरुलाई आधा कठ्ठादेखि डेढ कठ्ठासम्मसम्मको धनीपुर्जा बितरण गरिएको हो । वडा ४ का ११ जना र ८ का १३ जना सुकुम्बासीलाई धनीपुर्जा बितरण गरिएको हो ।
कनकाई नगरपालिकामा ७०५१ जना भुमिहिन, दलित तथा अव्यवस्थित बसोबासीको धनीपुर्जा वितरणको तयारी गरिएकोमा हालसम्म ८१ जनाको मात्रै धनीपुर्जा बितरण गर्न पाएको जनाएको छ ।

_1736908732.jpg)
