अर्जुनधारा । न्यूटन्स् बाल क्लब बिर्तामोडले अर्जुनधाराका बालबालिका लाई शैक्षिक सामाग्री बितरण गरेको छ । बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेशनमा रहेको बाल क्लबले अर्जुनधारा ९ स्थित बालज्योति प्राथमिक बिद्यालयका ६५ जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको क्लबकी अध्यक्ष रोनिशा दाहालले जानकारी दिइन् ।
कार्यक्रमको औंचित्य माथी प्रकाश पार्दै फोकल पर्सन मिनु शिवाकोटीले क्लबको नेतृत्वमा विद्यार्थीबाट संकलन गरेको कपि,कलम,पेन्सिल,,ईलेजर लगायतका सामाग्री तथा खाजा बितरण गरिएको बताइन् । बाल क्लबका पदाधिकारी तथा कक्षा ९ का विद्यार्थीको सहभागिता रहेको

_1751853734.jpg)
कार्यक्रममा बालज्योती स्कुल ब्यबस्थापन समिति अध्यक्ष बिजय कनुवार ,प्रधानाध्यापक पुजा भारती लगायतको उपस्थिति रहेको थियो।
पिटिए अध्यक्ष सुरेन्द्र गिरिले बाल क्लबको माध्यम बाट सामुदायिक बिद्यालयका बालबालिकाको पठनपाठन सहयोग पु¥याउन वितरण गरिएको शैक्षिक सामाग्रीले विद्यार्थीलाई सहज हुने बताउंदै बाल क्लबलाई धन्यवाद दिएका थिए ।यस अघि पनि न्यूटन्स् स्कुलले बालज्योतीका बालबालिका लाई खेलकुद सामाग्री हस्तान्तरण गरेको थियो । कार्यक्रमको संचालन क्लबका सदस्य अन्स न्यौपानेले गरेका थिए ।

_1736908732.jpg)
सोही अवसरमा विद्यार्थीले स्थानीय पर्यटकीय क्षेत्र सालबाडी झिल तथा नेपालको एकमात्र कछुवा प्रजनन केन्द्रको समेत अवलोकन भ्रमण गरेका थिए ।