बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि आर्थिक मन्दीबाट थलिएको व्यवसायीक क्षेत्रमाथि लगाइएको अनावश्यक कर छुट गर्नु पर्ने र त्यो सहित व्यवसायीका समस्याका बिषयमा उचित सम्बोधनका साथ काम गर्ने उदेश्यीयसहित निशा शाह गुप्ताले महिला सदस्य पदमा उम्मेद्वारी दिएको बताएकी छन् ।
राज्यको सबै मापदण्ड पुरा गरेर व्यवसाय गरिरहेका व्यवसायीमाथी स्थानीय सरकार सहित सम्बन्धीत कार्यालयले अनावश्यक रुपमा कर लिने गरेको प्रति उनको आपत्ती छ । राज्यले भने बमोजिम सबै प्रक्रिया पुरा गरेर व्यवसाय सञ्चालन गरिरहेमाथि सुरक्षा, प्रोत्साहन तथा हौसला प्रदान गरिनु पर्ने ठाउंमा राज्यले उपेक्षा गर्दा धेरै व्यवसायी ब्यापारबाट पलायन हुने स्थितिमा पुगेको उनी बताउंछिन्।

_1751853734.jpg)
आर्थिक मेरुदण्डको रुपमा रहेका व्यवसायीलाई सरकारले सुविधा दिन सक्नु पर्ने उनको भनाई छ । राज्यले आर्थिक संकटका कारण समस्यामा परेका व्यवसायीलाई पलायनहुन बाट रोक्नु पर्ने गुप्ता बताउंछिन् ।

_1736908732.jpg)
उनी भन्छीन्, व्यवसायी पलायन भए त्यसमा आबद्ध लाखौं कामदारहरु बेरोजगार हुने हुंदा राज्यले पलायनको स्थित आउन नदिन व्यापारीलाई संरक्षण गर्नु पर्छ ।
व्यवसाय गर्ने बताबरण सृजना गर्न र संघको प्रतिनिधित्व गरी राज्यका निकायसंग समन्वय गर्दै व्यवसायीको हितमा अगाडि बढ्ने उदेश्य सहित सदस्य पदका लागि निर्वाचनमा होमिएको गुप्ता बताउंछिन् ।

उत्कृष्ट र सबल नेतृत्व खोजी भइरहेको संघको निर्वाचनमा सदस्य पदमा आफुलाई मतदाताले छनोट गर्नेमा उनी ढुक्क छिन् ।
व्यवसायीको साझा छाता संस्था वाणिज्य संघलाई सबैको अपनत्व हुने संस्थाको रुपमा विकास गर्न आवश्यक रहेको उनको भनाई छ ।
लोकतान्त्रिक व्यवसायिक प्यानलबाट उम्मेदवार बनेकी गुप्ताले संघबाट राजनीति भन्दा पर बसेर विशुद्ध व्यवसायीक क्षेत्रमा काम गरिनु पर्ने बताउंछिन् ।
संघमा उम्मेदवार बनेका १९ जना पदाधिकारी सबैले एउटा एउटा मात्र एजेण्डा लिएर संघको प्रतिनिधत्व गरे धेरै सुधार हुने तर्क राख्छीन् ।
गुप्ता बिगत १५ बर्षदेखि व्यवसायीक क्षेत्रमा आबद्ध छिन् । हाल उनी बिर्तामोड स्थित निशा एडभान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोस्टिक क्लिनिकको सञ्चालक हुन् ।
को हुन निशा
२०४१ साल असार १० गते बुबा भरत शाह र आमा देबमुनी देबी शाहको कान्छी छोरीको रुपमा जनकपुरमा जन्मिएकी निशाको परिवार सबै व्यवसायी हुन् । उनी सानै देखि आफ्नो बुबाको व्यवसायमा सहयोगीको रुपमा काम गर्थिन । जसका कारण उनले व्यवसाय के हो , कसरी गरीन्छ भन्ने बिबाह अघि नै बुझ्ने मौका पाइन । उनले लामो समय सम्म बुबा तथा दाइलाई व्यवसायमा सहयोग गर्दै गइन् । जसका कारण आज पनि उनी व्यसायमा आबद्ध छिन् ।
उनले एमबिएस सम्मको शिक्षा हासील गरेकी छन् । उनी संग मेडिकल क्षेत्रमा लामो समय सम्म गरेको अनुभव समेत छ । करीब १५ बर्ष अघि डा. संजय कुमार गुप्तासंग बिबाह बन्धनमा बांधिएपछि उनी पुर्व आइन् । त्यस पश्चात उनले आफ्नो श्रीमानसंगै मेडिकल क्षेत्रमा काम गरिन । हाल उनले बिर्तामोड स्थित निशा एडभान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोस्टिक क्लिनिक सञ्चालन गरिरहेकी छन् ।
गुप्ताका श्रीमान डा. संजयकुमार गुप्ता बरिष्ठ अनुभवी रोडियो लोजिष्ट हुन् । उनले निशालाई व्यवसायीक क्षेत्रमा अगाडि बढ्न साथ , सहयोग संगै हौसला प्रदान गरे । जसका कारण पनि गुप्ता हाल वाणिज्य संघको चुनावमा उम्मेदवार बनेकी हुन् ।
सहयोगी, मिलनसार र हँसिलो स्वभाव भएकी निशा व्यवसायीहरुमाझ लोकप्रिय छिन् । उनी सामाजिक कार्यमा पनि उत्तीकै क्रियाशिल छिन् । उनी श्री छठ महिला मञ्चको बरिष्ठ उपाध्यक्ष तथा नेपाल कलवार सेवा समिति झापाको सदस्य समेत हुन् । साथै अन्य बिभिन्न संघ संस्थामा पनि उनी आबद्ध छिन् ।
बिर्तामोडको व्यवसायीक क्षेत्रलाई लामो समयदेखि बुझेका उम्मेद्वार लोकतान्त्रिक ब्यवसायिक प्यानलमा भएकाले राजु न्यौपानेको नेतृत्वमा रहेको सबै उम्मेदवारलाई बिजयी गराउन ब्यवसायी मतदातालाई अपिलसमेत उनले गरेकी छन् ।