झापाको बिर्तामोडमा अलैंची ग्रेडिङ मेसिनको परीक्षण गरिएको छ । स्थानीयस्तरमै निर्माण गरिएको उक्त मेसिनको आज बुधबार परीक्षण गरिएको हो । स्वीस सरकारको सहयोगमा सञ्चालित सहज परियोजनाको सहयोगमा झापाको कमल गाउँपालिकास्थित कामक्ष एग्रो इन्जिनियरिङले उक्त मेसिन निर्माण गरेको जनाइएको छ ।
कामक्ष एग्रोका सञ्चालक कृष्णप्रसाद अधिकारीले स्थानीय स्तरमै पाइनले सामग्रीको प्रयोग गरेर मेसिन निर्माण गरिएको बताए । मेसिन परीक्षणकै क्रममा रहेकाले अझै परिमार्जित गरिने उनले बताए । “स्थानीय सामानको प्रयोग गरेर मेसिन बनाएइएको हो उनले भने, “एउटा मेसिनको अधिकतम् मूल्य ५० हजार पर्छ ।”

_1751853734.jpg)
उत्पादनलाई प्रविधिसँग जोड्नका लागि मेसिन निर्माणमा सहयोग गरिएको सहज कार्यक्रमका प्रतिक देवकोटाले जानकारी दिए ।
“हामीले किसान र व्यवसायी दुवैलाई लक्षित गरेर सस्तोमा मेसिन बनाउने काम गरेका हौं”, उनले भने, “यसले लागत घटाउनुका साथै काम गर्न सहज हुने विश्वास छ ।”

_1736908732.jpg)
मेसिनको परीक्षण सफल भएपछि कम लागतमा अलैंची ग्रेडिङको काम हुने अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताउंछन् । “अहिले हाते जालीबाट अलैंची ग्रेडिङको काम भइरहेको छ”, अध्यक्ष भट्टराई भन्छन्, “मेसिनले लागत र समय बचत हुने विश्वास छ ।”
केही अलैंची व्यवसायीले भारतबाट मेसिन खरीद गरेर अलैंची ग्रेडिङ गरिरहेको उनी बताउंछन् । “भारतबाट ल्याइने मेसिन महँगो छ, एउटा मेसिनको करिब १० लाख रुपैयाँ पर्छ”, उनले भने, “अहिले परीक्षण गरिएको मेसिन ५० हजारमै पाइने बुझेका छौं, यसले किसान र व्यवसायलाई सहज हुने देखिन्छ ।”

हाते जाली मार्फत मजदुरहरु अलैंची ग्रेडीङ गर्दै
मेसिनबाट तीन प्रकारको अलैंची ग्रेडिङ हुनेछ । जम्बो जेट (जेजे), सुपर डिलक्स, चलन–चल्तीको गरी तीनवटा आकारको अलैंचीको दाना ग्रेडिङ हुने जनाइएको छ । पहाडी जिल्लामा उत्पादित अलैंची झापाको बिर्तामोडमा भण्डार भएर ग्रेडिङ पश्चात भारत निर्यात हुने गर्दछ ।
मेशिन परिक्षण कार्यक्रममा महासंघका महासचिव नारायणप्रसाद चिमरिया, कार्यकारी अधिकृत अनिल ढुङ्गाना, व्यवसायी रोशनलाल अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।