नेपालकै नमुना सहकारीको रुपमा कहलिएको झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थालाई एशोशिएसन अफ एशियन कन्फेडेरेसन अफ क्रेडिट युनियन (अकु) लाइफ टाइम सर्पोटर मेम्बर अवार्ड प्रदान गरिएको छ ।
सहारा साकोसलाइ इन्डोनेशियाको बालीमा आयोजित शुक्रवार एक भबइ कार्यक्रमका बिच एसिसियूले नेपालकै उत्कृष्ट सहकारीका लाइफ टाइम सर्पोटर मेम्बर अवार्ड प्रदान गरेको हो ।

_1751853734.jpg)
उक्त अर्वाड साकोसका अध्यक्ष हरिबहादुर राजवंशी र कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले ग्रहण गरेका थिए । अमेरिकन डलर ५ हजार अर्थात नेपाली ६ लाख ७० हजार ९६८ रुपैयाँ बराबरको पुरस्कारसहित सहाराले अवार्ड प्राप्त गर्न सफल भएको हो ।
संसारका २० वटा भन्दा बढी मुलुकका उत्कृष्ट सहकारीका संस्थाका प्रतिनिधि सहभागि कार्यक्रममा संस्थालई उक्त अर्वाड प्रदान गरिएको कार्यकारी प्रमुख गिरीको भनाई छ ।

_1736908732.jpg)
उक्त कार्यक्रममा साकोसका अध्यक्ष राजवंशी, कार्यकारी प्रमुख गिरी सहित बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला, प्रथम उपध्यक्ष छबिलाल खतिवडा, सह–कोषध्यक्ष नेत्रबहादुर नेपाल, उप–निर्देशक दिनेशबहादुर निरौला, एलबी गिरीलगायतको टिम इन्डोनेशिया पुगेको छ । अवार्ड कार्यक्रममा नेपालका नेफस्कुन, राष्ट्रिय सहकारी बैंकसहित संघ÷संस्थाको सहभागीता रहेको जनाइएको छ ।

सहकारीका माध्यमबाट आफ्ना सदस्यहरुको जीवनस्तर उकास्न तथा उनीहरुलाई उद्यम बनाउन ठुलो योगदान पु¥याएको ठहर गर्दै सहारालाई (एसिसियू)ले अवार्ड प्रदान गरेको कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।
साकोसका निर्देशक लक्ष्मण खतिवडाका अनुसार एसिसियूले सन् २०१२ मा पनि साकोसलाई क्यू मी अवार्ड प्रदान गरेको थियो । १२ बर्षपछि पुनः एसिसियूले लाइफ टाइम सर्पोटर मेम्बर अवार्ड प्रदान गरेको हो । सहाराले बचत तथा ऋण मात्र नभई कृषि, उद्यम, सामाजिक तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ ।