बिर्तामोड ।
झापाको बिर्तामोड–५ स्थित सुगम पेट्रोलपम्म उत्तर प्रजित मार्ट सञ्चालनमा आएको छ । मार्टको उद्घाटन आज (शुक्रवार) एक कार्यक्रमकाबिच बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले गरेका छन् । युवा व्यवसायी प्रजित पुरीले एक करोड बढीको लगानीमा उक्त मार्ट सञ्चालनमा ल्याएको हुन् । घरायसी दैनिक उपभोगिय सामान एकै स्थानमा उपलब्ध गराउने उदेश्य अनुरुप मार्ट खोलिएको सञ्चालक पुरीको भनाई छ । दशैंको अवसर पारेर सञ्चालनमा आएको मार्टमा चाडवाड अवधिमा हरेक सामाग्री खरिदमा २ प्रतिशत छुटको ब्यवस्था रहेको सञ्चालक पुरीले बताए ।

_1751853734.jpg)
सञ्चालक पुरीका बुबा जगतबहादुर पुरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै न्यौपानेले पछिल्लो समय युवा पुस्ता रोजगारीको अभावमा पलायन भइरहेको समयमा युवा प्रजितले आंट र हिम्मतका साथ आर्थिक मन्दिका बिच सञ्चालनमा ल्याएको मार्टले सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले सवै घरायसी सामाग्री एकै स्थानमा पाइने भएकाले नजिक हुने सवैले सामान खरिद गर्न आग्रह गरेका छन् ।
मार्टमा घरमा प्रयोग हुने खाद्यन्न, पेय पदार्थ, पूजा सामाग्रीलगायतका सम्पूर्ण सामाग्री उपलब्ध हुने सञ्चालक प्रजितले बताए । स्थानीयहरुलाई लक्षित गरेर मार्ट सञ्चालनमा ल्याएको उनले बताए ।

_1736908732.jpg)
स्वागत तथा औचित्यमाथि प्रकाश सञ्चालक प्रजितले पारेको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य तथा ब्यवसायी बिपिन बजगाई, रिद्धनाथ गिरी बन्धु समाज नेपालका संस्थापक अध्यक्ष बिष्णु गिरी, नेपाल दशनामी समाज बिर्तामोड नगरका पूर्व उपाध्यक्ष अर्जुन गिरी, सञ्चालक प्रजितकी माता मन्जु पुरी, सञ्चालक तथा श्रीमति सुनिता गिरी पुरी, भेनाजु राजेश गिरीलगायत पुरी परिवारको बाक्लो उपस्थिति रहेको थियो ।
