झापा : सामाजिक व्यक्तित्व तुलसा देवी ओलीले जाडोको कठ्याङ्ग्रिँदो मौसममा विपन्न परिवारका विद्यार्थीलाई न्यानो लुगा वितरण गर्नुभएको छ ।
झापाको शिवशताक्षी नगरपालिका–४ सालमाराका १३० जना विद्यार्थीलाई उहाँले न्यानो लुगा ९ट्रयाक सुट० प्रदान गर्नुभएको हो । परिवारका सदस्यसहित विद्यालय हातामै पुगेर उनले सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाले बताउनुभयो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधिहरूको समेत बाक्लो उपस्थिति थियो ।

_1751853734.jpg)
यस पटकमात्र ओलीले करिब १० लाख बराबरको आर्थिक सहायताका कार्यक्रम सञ्चालन गर्नुभएको छ । झापाको शिवशताक्षी, कन्काई, भद्रपुर र अर्जुनधाराका सामुदायिक तथा फरक क्षमता भएका आश्रमका विद्यार्थीहरूलाई उहाँले सहयोग गर्नुभएको हो ।
ओलीले यस अघि शिवसताक्षी ४ को त्रिभुवन माध्यमिक विद्यालयका २५ जना विपन्न विद्यार्थीका अभिभावकलाई खाद्यान्न र विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको थियो भने अर्जुनधारा नगरपालिका अपाङ्ग बाल सरोकारका १३ जना, कन्काई नगरपालिकाको सुस्त मनस्थिति केन्द्र का १३ जना र पुकार अपाङ्ग संस्था कन्काईकै १५ गरी ४१ जना फरक क्षमता भएका बालबालिकालाई ट्र्याक सुट प्रदान गर्नुभयो ।

_1736908732.jpg)
तुलसा देवीले आफ्नो जन्मदिन, दिवंगत पितृहरूको सम्झना र वर्षको कुनै एक महत्वपूर्ण दिनको अवसर पारेर समाजका विभिन्न क्षेत्रमा रहेका व्यक्ति वा संस्था लाई आवश्यक आर्थिक सहयोग र जिन्सी सामग्री प्रदान गर्ने गर्नुभएको छ ।
यता, शिवसताक्षी नगरको वडा नम्बर ९ स्थित चिल्लागढ पोखरीमा २५० जना अटाउन सक्ने सभा हल निर्माणका लागि ओली परिवारले कार्य थालनी गरेको छ। तुलसादेवी ओली रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान नेपालको संस्थापक केन्द्रीय सदस्य हुन् । आफ्नो परिवारको आम्दानी स्रोतको दशांश समाजसेवामा खर्च गर्ने उनको पूर्व योजना हो ।

करिब दुई दशकदेखि समाजसेवामा खटिएकी ओली रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष समाजसेवी यज्ञराज ओलीकी धर्मपत्नी हुन् । ओली दम्पतिका सबै छोरा बुहारी, छोरी ज्वाईं डक्टर छन् । तुलसा देवीले शताक्षी धामको गोलोक गोवर्धन गौशालाले सञ्चालन गरेको श्री शताक्षी गुरुकुलमका लागि १ लाख ५१ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।
तुलसा देवी ओलीले विपन्न वर्गका बालबालिकाको शैक्षिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले आफूले यस्ता कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । “शिक्षा सबैका लागि समान हुनुपर्छ। विपन्न विद्यार्थीलाई सहयोग गरेर उनीहरूलाई पनि आत्मविश्वासी बनाउनु मेरो प्राथमिकता हो,” उहाले भन्नुभयो ।
विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाले भन्नुभयो, ‘यस्तो सहयोगले विद्यार्थीहरूलाई केवल न्यानो मात्र हैन, उनीहरूको मनोबल पनि बढाउने काम गर्छ।’ तुलसा देवी ओली लगायतका परिवारका अन्य सदस्यको यस कर्मका लागि पुर्याएको योगदानको जति प्रशंसा गरेपनि कम हुने प्रधानाध्यापक ताजपुरियाको भनाइ छ ।
शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णु प्रसाद प्रसाई, कांग्रेस नेता परशुराम ढुङ्गाना, भक्ति सिटौला, शिवसताक्षी नगर महिला सञ्जालकी उपाध्यक्ष कल्पना चौलागाईं लगायतले तुलसा देवीको प्रशंसा गर्नुभएको थियो ।
शिव शताक्षी नगरमा रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले पुर्याएको योगदानको आफूले नजिकबाट हेरिरहेको नगर प्रमुख थोप्राले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरको शिक्षा क्षेत्रमा उहाँ लगायत उहाँका परिवारको अतुलनीय योगदान रहेको नगरपालिकाले महसुस गरेको छ। सामाजिक सेवा मा सक्रिय तुलसा देवीको धार्मिक स्वभावको जति नै प्रशंसा गरेपनि थोरै हुन्छ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश तामाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरिया र सहजीकरण पत्रकार विनोद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिले दाता तुलसादेवीलाई धन्यवाद पत्र समेत प्रदान गर्नुभएको थियो ।