बिर्तामोड

कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज रजत महोत्सव भब्य कार्यक्रमकाबिच मनाएको छ ।  रजत महोत्सव समारोहमा संस्थाले संस्थापक सञ्चालक अध्यक्ष कमलबहादुर बस्नेतलाई सम्मान गरेको छ । 

बस्नेतलाई नगद २५ हजारसहित सम्मानपत्रद्धारा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की तथा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले सम्मान गरेका हुन् । सम्मानित बस्नेत हाल सिम्रिक साकोसको कार्यकारी प्रमुख छन् ।

त्यस्तै रजत महोत्सवकै अवसरमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई नगद १० हजारसहित सम्मान गरेको छ ।  त्यस्तै, प्रारम्भिक शेयर सदस्य, पूर्वसञ्चालक र पुराना कर्मचारीलाई सम्मान गरिएको छ ।

संस्थाले पुराना कर्मचारी र शेयर सदस्यहरुलाई उपचार खर्च तथा सडक कुकुरलाई उपचार गर्ने पस सोसाइटी नेपाललाई समेत सम्मान गरेको छ । 

pic karnali

संस्थामा २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारी डिल्लीराम बस्नेत, मनहरि निरौला, सन्तोषकुमार श्रेष्ठ, कृष्णलाल न्यौपाने, सुजता बस्नेत, गौरादेवी ओली, गंगादेवी राई, मञ्जु खत्री र नन्दादेवी बस्नेतलाई सम्मान गरिएको छ । 

त्यस्तै, राष्ट्रियस्तरको भेट्रान बुद्धिचाल विजेता संस्थाका सञ्चालक समिति सदस्य दिलकेशर थापालाई पनि संस्थाले सम्मान गरेको छ । विभिन्न समयमा भएका फुटसल, हाजिरीजवाफ प्रतियोगितामा विजेता उपविजेतालाई पनि सम्मान गरियो ।

त्यस्तै, संस्थाको स्थापनाकाल २०५७ सालदेखि २०५८ सालभित्र सदस्यता लिई हालसम्म निरन्तर उत्कृष्ट कारोबार गर्ने ४८ जना शेयर सदस्यलाई सम्मानका  साथै उत्कृष्ट सदस्य परिचयपत्र प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले रजत महोत्सव कार्यक्रमको अध्यक्षता गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुका साथै भावि योजनाका बारेमा जानकारी दिएका थिए । संस्थाको कार्यप्रगतिको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । 

संस्थाका सचिव भूपाल बस्नेतले सञ्चालन गरेको कार्यक्रममा  संस्थाका उपाध्यक्ष रामकुमार गौतमले स्वागत गरेका थिए । साथै संस्थाका बिभिन्न सेवा केन्द्रका कर्मचारीले नृत्य समेत प्रस्तुत गरेका थिए । संस्थाका सदस्य दिलकेशर थापाले स्वागत गीत समेत प्रस्तुत गरेका थिए ।