कनकाई
पवित्र कनकाई माई नदिको पुर्वि किनारमा रहेको कनकाई घाट संस्थाको १५ औं स्थापना दिवसको अवसरमा बृहत् सरसफाई गरिएको छ।

_1751853734.jpg)
फागुन २५ गते आईतवार बिहान संस्था स्थापना भएको १५ वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमका बीच कनकाई घाटको बृहत् सरसफाई गरिएको हो ।
आजभन्दा १४ वर्ष अघि २०६७ को फागुन २५ गतेका दिन संघसंस्था ऐन २०४९ अनुसार मुनाफारहित कनकाई घाट संस्थाको विधिवत रुपमा स्थापना भएको थियोे ।

_1736908732.jpg)
सरसफाई पछि संस्थाका अध्यक्ष खेमनाथ मिश्रको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले कनकाई घाटको क्षेत्रलाई सरसफाई राख्ने कुरामा नगरपालिका लागिपर्ने पर्ने बताए ।

सोही कार्यक्रमका बीच नगर उप प्रमुख आशाशर्मा शिवाकोटीले घाटको सरसफाई सगै विधुतिय शवदाह गृह बनाउन लागेसगै थप सहज हुने विश्वास व्यक्त गरे ।
संस्था स्थापना दिवसकै अवसर पारेर केही दिन अघि निर्वाचित कार्यसमितिले आफ्नो पहिलो कार्यक्रमका रुपमा अघि सारेको स्थापना दिवसमा सरसाफाई गरेको हो।
सरसफाई कार्यक्रममा नगर प्रमुख , उप प्रमुख , वडान ३ वडा अध्यक्ष युवराज चौलागाईं ,र ४ का अध्यक्ष रोशन सुवेदी सहित अन्य जनप्रतिनिधि स्थानीय क्रियाशिल राजनीतिक दल नेपाली काग्रेस नगर सभापति दुर्गा प्रसाईं ,एमाले नगर अध्यक्ष गोकर्ण ओझा ,
माओवादी नगर अध्यक्ष यामनाथ सेढाई , राप्रपा नगर अध्यक्ष टीका बराल , सामाजिक, शैक्षिक एवं धार्मिक संघसंस्था, नागरिक समाज, उद्योगी व्यवसायी , विद्यार्थी समेत गरेर २ सय बढीको सहभागितामा सरसफाई गरिएको थियोे ।
संस्थाका वरिष्ठ उपाध्यक्ष डिल्लीराम मैनालीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव गोपाल खरेलले गरेका थिए ।
झापाको मध्य भागमा रहेको कनकाई धाम धार्मिक विकास संस्था कोटिहवनको नजिकमा रहेको पवित्र कनकाई नदिमा सुव्यवस्थित घाट निर्माण गरी पार्थिव भौतिक शरिरलाई दाहसंस्कार गर्न र अन्तिम संस्कारमा सहभागी हुने मलामीजनलाई सहज बनोस भन्ने उद्येश्यका साथ २०६७ को फागुन २५ गते कनकाई घाट संस्थाको स्थापना भएको थियोे ।