जिल्ला प्रहरी कार्यालय झापाका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूले जिल्लामा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
केहि दिन अघि झापाको कमाण्ड सम्हाल्न आइपुगेका एसपी लिम्बुले आज जिल्ला प्रहरी कार्यालयको सभाहलमा जिल्लाका सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा

_1751853734.jpg)
प्रहरी सेवा थप नागरिकमैत्री बनाउँदै प्रहरीसम्मको पहुँचलाई बृद्धि गर्ने उल्लेख गरेका छन् । उनले जिल्लामा विकराल तथा भयावह बन्दै गएको लागुऔषध नियन्त्रण, आत्महत्या, मानव बेचबिखन, सवारी दुर्घटना, चोरी पैठारी नियन्त्रण लगायत शान्तिसुरक्षासँग सबै कामलाई चुस्त र प्रभाकारी बनाउने बताए ।
अन्तक्रियामा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरुले मोटरसाइकल चोरी, लागुऔषध नियन्त्रण, प्रतिबन्धित औषधि बिक्री वितरण लगायतका बिषयमा नियन्त्रण र नियमनका लागि सुझावसँगै प्रहरीको भूमिकाका बारेमा जिज्ञासा राखेका थिए ।

_1736908732.jpg)
सञ्चारकर्मीको प्रश्न तथा जिज्ञासाको जवाफ दिंदै प्रहरी प्रमुख लिम्बूले प्रहरीको एकल प्रयासले भन्दा पनि सबैको साथ र सहयोगले मात्र जिल्लामा शान्ति तथा सुव्यवस्था कायम गर्न सकिने बताउंदै सञ्चारकर्मीलाई सहयोग गर्न आग्रह गरे ।
एसपी लिम्बुले मोटरसाइकल चोरी नियन्त्रणका लागि चेकिङमा ब्लबुकमा फोटो र चेचिस नम्बर समेत हेर्न निर्देशन दिइसकेको बताए ।

चोरी पैठारी नियन्त्रण, ब्लाकमेलिङ, सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने जस्ता गतिविधिलाई प्रहरीले निगरानी गर्ने उल्लेख गरे ।