नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले झापाको मेचीनगर स्थित धुलाबारीबाट अवैध वित्तीय कारोबारमा संलग्न सातजना व्यापारीलाई पक्राउ परेको छ । 

ब्युरोको विशेष टोलीले आज धुलाबारी बजारबाट उनीहरुलाई पक्राउ गरेर काठमाडौँ लगेको प्रहरी स्रोतको भनाई छ । पक्राउ परेकाहरुले  २७ अर्ब रुपैयाँको अवैध हुन्डी कारोबार गरेको बताइएको छ ।

उनीहरु निकट व्यापारीहरुका अनुसार पक्राउ परेका सातजना चीनबाट सामान आयातका संलग्न थिए । त्यस्तै, उनीहरु हुन्डीलगायत सट्टाबाजीमा पनि जोडिएको ब्युरोले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा कविस मारु, अनुज मारु, निर्मल राई, दिपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल र सुनिल राई रहेका छन् ।