बिर्तामोड  :  बिर्तामोड नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ब्रेथलाईजर र गोप्रो क्यामेरा प्रदान  गरेको छ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई आज ब्रेथलाईजर र गोप्रो क्यामेरा १र१ थान हस्तान्तरण गर्नु भएको हो । 

नगर प्रमुख प्रसाईले यस आधुनिक उपकरणले सवारी चालकको मदिरा सेवन परीक्षण तथा निगरानी कार्यमा थप सहज हुने बताउनु भयो ।

दुर्घटना न्युनिकरणमा थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले  बिर्तामोडको ट्राफिक व्यवस्थापनका लागि आगामी दिनमा थप सहयोग गर्दै जाने बताउनु भयो । 

झापा ट्राफिक प्रहरीसंग ब्रेथलाईजर, क्यामेरा, राडरगन लगायतका आवश्यक सामाग्री प्रयाप्त नहुँदा  दैनिक क्रियाकलापमा असहज हुनेगरेको छ ।

बिर्तामोड नगरपालिकाले करिब २ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको हो । 

उपकरण हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेल, कार्यपालिका सदस्य निर्मला ल्वागुन गजमेर, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, शाखा अधिकृत मेघराज वाँस्तोलालगायतको उपस्थिति रहेको थियो ।