बिर्तामोड : झापाको बिर्तामोड ४ मा रहेको गोमेन्द्र बिर्ता मोडल स्कुलले स्कुल क्याप्टेन र भाइस क्याप्टेनको छनोट निर्वाचनमार्फत गराएको छ ।
चार सदनका प्रमुख , उप प्रमुख र स्कुल क्याप्टेन र साहयक क्याप्टेन विद्यार्थीहरूले आज शुक्रबार मतदान गरेर छनोट गरेका छन् ।

कक्षा ५ देखि कक्षा १० सम्मको निर्वाचन मार्फत क्याप्टेन छनोट गरिएको विद्यालयले जनाएको छ । विद्यालयले निर्वाचन प्रक्रियाबाट एक वर्षका लागि ४ वटा हाउसबाट एक जना क्याप्टेन , एक जना साहयक क्याप्टेन र स्कुल क्याप्टेन एक जना र एक जना साहयक गरी कुल १० जना छनोट भएको निर्वाचन आयोगको आयुक्त तथा शिक्षक सिएम खरेलले जानकारी दिए ।
उनले छात्र र छात्रा गरी कुल ३३ जना उम्मेदवारले निर्वाचनमा भाग लिएको बताए । निर्वाचनमा २ सय ५२ जना विद्यार्थीले मतदान गरेका थिए ।

_1736908732.jpg)
नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्न प्रायः चुनाव हुने गर्छ । राजनीतिक पार्टी तथा भातृ संगठनको नेतृत्व छनोट लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनबाट गरिँदै आएको छ । यस्तै झल्को दिने गरी विद्यालयले पनि निर्वाचन गरेको मतदान अधिकृत सौरभ तिम्सिनाले बताए ।

विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्थाअनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न यसरी निर्वाचन आयोजना गरिएको विद्यालयका निर्देशक तथा सञ्चालक उत्तम खनालले बताए ।
विद्यार्थीलाई सानैदेखि कस्तो व्यक्ति छान्ने भन्ने ज्ञान होस् र कसरी अनुशासित र अब्बल नेतृत्व छान्न सकिन्छ भन्ने जानकारी दिन पनि पहिलो पटक यो अभ्यासको थालनी गरिएको उनले जानकारी दिए ।
निर्वाचनबाट कक्षा १० को छात्रा रिप्लीका के.सी १२९ मत ल्याउंदै विद्यालयको क्यापटेन र साहयक क्याप्टेनमा कक्षा १० कै छात्र एलेक्स पोखरेल १०६ मत ल्याउंदै बिजयी भएका छन् ।
२०५३ सालमा स्थापना भएको विद्यालयमा कक्षा नर्सरीदेखि १० कक्षा सम्म ६५० बढी विद्यार्थी रहेका छन् ।
विद्यार्थीहरुको नेतृत्व विकास , क्षमता विकासमा सहयोग गर्न तथा हाम्रो देशको चुनावको प्रणालीको जानकारी दिन गरिएको यो प्रक्रियाले विद्यार्थीलाई धेरै सहयोग पुग्ने निर्वाचन समितिका सदस्य दामोदर सुवेदीको भनाई छ ।
निर्वाचनबाट रेड हाउस क्याप्टेन कक्षा ८ को आयुष्मा उप्रेती २१, भाइस क्याप्टेन अभिमन्यु आर्चाय ४०, ब्लु हाउस क्याप्टेन कक्षा ९ ऋचा प्रसाई ३४, भाइस क्याप्टेन कक्षा ७ डेनियल गुरुङ ३४, यल्लो हाउस क्याप्टेन कक्षा ९ प्रेरणा सापकोटा २३, कक्षा ७ को भाइस क्याप्टेन अपेक्षा यादव २१, ग्रीन हाउस क्याप्टेन कक्षा ९ अमुल्य कार्की १८, भाइस क्याप्टेन कक्षा ८ सिज्जल बुढाथोकीले ३७ मत ल्याउंदै बिजयी भएका छन् ।