बिर्तामोड ।
झापाको एक संस्थागत बिद्यालयले सामुदायिक बिद्यालयमा आवश्यक सामाग्री टेवल कुर्सी प्रदान गरेको छ । झापा बिर्तामोड–६ को एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीले बुट्टाबारीस्थित सरस्वती माध्यमिक बिद्यालयलाई आवश्यक सामाग्री टेवल तथा कुर्सी प्रदान गरेको छ ।

एभरेष्ट स्मार्ट स्कुलले सेतो रंगको कुर्सी १३५ थान, कालो रंगको कुर्सी ५१ थान, सेतो रंगको टेवल ८३ थान, ग्रीन कलरको टेवल डवल ३१ थान र सिङ्गल ६ थान हस्तान्तरण गरेको हो ।
एभरेष्ट स्मार्ट स्कुलमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी आज ९शुक्रवार० उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । बिर्तामोड–५ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्वा, एभरेष्ट स्मार्ट बिद्यालय ब्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष देबी गिरी, एभरेष्ट स्मार्ट स्कुलका प्रिन्सिपल अनुप शर्माले सरस्वती माविका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कैलाश कन्दङ्वा, सहायक प्रधानाध्यापक नारायण चम्लागाई र शिक्षक अभिभावक संघका अध्यक्ष मनीकुमार भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

_1736908732.jpg)
एभरेष्ट स्मार्ट स्कुलले बिद्यालयसम्म पुर्याउने यातायात खर्चसमेत उपलब्ध गराउने प्रिन्सिपल शर्माले जानकारी दिए । एभरेष्ट स्मार्ट स्कुल नामले ‘स्मार्ट’ भएको र त्यसलाई अझ स्मार्ट बनाउन नयाँ टेवलकुर्सी ल्याएको बताउँदै ती सामाग्री सामुदायिक बिद्यालयमा दिन वडाध्यक्ष कन्दङ्वाको आग्रह अनुसार सरस्वती माबिलाई हस्तान्तरण गरिएको बिद्यालयका प्रिन्सिपल शर्माले बताए ।
एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका बिद्यालय ब्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष देवी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–६ का वडाध्यक्ष कन्दङ्वाको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत तथा औचित्यमाथि प्रकाश एभरेष्ट स्मार्ट स्कुलका पिन्सिपल अनुप शर्माले पारेका थिए । उनले एभरेष्ट स्मार्टले बार्षिक रुपमै बिभिन्न सामाजिक कार्य गर्दै आएकोसमेत बताए ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कन्दङ्वा, सरस्वती माविका सहायक प्रधानाध्यापक नारायण चम्लागाईलगायतले एभरेष्ट स्मार्ट स्कुलले संस्थापक बिद्यालय भएर पनि सामुदायिक बिद्यालयलाई आवश्यक सामाग्री सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए ।
एभरेष्टका बिद्यालय ब्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष देवी गिरीले झापाका शिक्षासेवी स्व।हरि प्रसाईले शिक्षा क्षेत्रमा गरेको योगदानका बिषयमा चर्चा गरेका थिए । गिरीले स्व। प्रसाईले स्थापना गरेको एभरेष्ट स्मार्टले गरिवका छोराछोरी पढ्ने सामुदायिक बिद्यालयलाई आवश्यक टेवलकुर्सी प्रदान गरेर उनको शिक्षाप्रतिको मोहलाई अझ साकार पारेको बताए ।
कार्यक्रममा एभरेष्ट बिद्यालय ब्यवस्थापन समितिकी सदस्य निरु ओली, सामाजिक ब्यक्तित्व निरज ओली, युवराज खतिवडालगायतको आतिथ्य रहेको थियो । संक्षिप्त कार्यक्रमको सञ्चालन एभरेष्ट स्कुलकी शिक्षिका सावित्रा भट्टराईले गरेकी थिइन् ।
नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुने एभरेष्ट स्मार्टमा २५० वढी बिद्यार्थी अध्ययनरत छन् भने शिक्षक र कर्मचारी गरेर ६० वढी रहेको बताइएको छ ।