झापा : भेलागुडीलाई धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्धेश्यसहित झापाको बिर्तामोड– ८ स्थित देउनिया खोलामा बिश्रान्ती घाट निर्माण शुरु गरिएको छ । कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीले आज एक कार्यक्रमका बीच बिश्रान्ती घाटको शिलान्यास गरेका छन् ।
डीपीआर तयार गरी करिव दुई करोड रुपैयाँको लागतमा विश्रान्ती घाट , स्नान घर , मलामी घर , बगैचालगायतका संरचनासहित धार्मिक एवं पर्यटकीय स्थल निर्माण गरिने बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले बताए ।

उनले प्रदेश सरकार ,स्थानीय सरकार र विभिन्न दाताहरुको सहयोगमा बिर्तामोड ८ स्थित भेलागुडी जंगललाई पूर्वकै धार्मिक एवं पर्यटकीय गन्तव्य निर्माण गरिने जानकारी दिए ।
विश्रान्ती घाटको शिलान्यास गर्दै मन्त्री कार्कीले डीपीआर तयार गरी व्यवस्थित घाट निर्माण गरिनुपर्नेमा जोड दिँदै प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने आश्वासन दिए । उनले प्रदेश सरकारको बजेट बैंकमा सो योजना पार्ने बताउँदै योजनालाई क्रमागत रुपमा बजेट पारेर भएपनि पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाए । कार्यक्रममा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले पनि नीति नियमले मिलेसम्म आफ्नो पालिकाका तर्फबाट सहयोग गर्ने आश्वासन दिए ।

_1736908732.jpg)
शिलान्यास कार्यक्रममै वडाध्यक्ष अजय कार्की र उनका श्रीमती कल्पना कार्कीले घाट निर्माणका लागि १लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । उनले धार्मिक एवं पर्यटकीय स्थललाई साकार पार्न सफल योजनाकारको जरुरी भएको बताए ।
विश्रान्ती घाट निर्माण समितिका अध्यक्ष शम्शेरबहादुर विष्टको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की , विशिष्ट अतिथिहरु हल्दिवारी अध्यक्ष लिङ्देन , मेची आँखा अस्पतालका अध्यक्ष गुरुङ, समाजसेवी वेदप्रकाश अग्रवाल , पुराण आयोजक समितिका अध्यक्ष बाबुराम पराजुलीलगायतले बोलेका थिए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका उपमेयर राधा कार्की , भद्रपुर ७ का वडाध्यक्ष अभिशेख ढुंगाना , बिर्तामोड ८ का वडा सदस्यहरु इन्दिरा पाण्डे , सोयालाल राजवंशी , लक्ष्मी नेपाली , समाजसेवी हरि पाण्डे , रणबहादुर मगरलगायतको उपस्थिति रहेको थियो ।
विश्रान्ती घाट निर्माण समितिका उपाध्यक्षमा देवराज उप्रेतीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव मदनकुमार अधिकारीले गरेका थिए । विश्रान्ती घाट निर्माणकै लागि गत बैशाख ६ देखि बैशाख १३ गतेसम्म पुराण सञ्चालन गरिएको थियो । जसबाट १७ लाखभन्दा बढी रकम संकलन भएको थियो । पुराणबाट खर्च कटाएर ९ लाख ६९ हजार ८५८ रुपैयाँ बचत भएको थियो । विश्रान्ती घाट निर्माण गर्न केही दिनअघि शम्शेरबहादुर विष्टको अध्यक्षतामा निर्माण समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा देवराज उप्रेती , सचिव मदनकुमार अधिकारी , सहसचिव भुपाल अधिकारी र कोषाध्यक्ष कल्पना बराल रहेका छन् । त्यस्तै सदस्यहरुमा हेमराज भट्टराई , सीता पाण्डे प्रसाई , विनोद खरेल , सूर्यबहादुर विष्ट , केशव घिमिरे , गजेन्द्र शेर्पा , कमल मगर (डेनी सञ्चार) , कालिप्रसाद राजवंशी , बद्री प्याकुरेल र इन्द्रसिंह राजवंशी रहेका छन् । त्यस्तै डम्बरप्रसाद तिम्सिनाको संयोजकत्वमा सल्लाहकार समिति पनि निर्माण गरिएको छ ।
जसको सदस्यहरुमा हरि पाण्डे , हरिप्रसाद गौतम , पुण्य लम्साल , बाबुराम पराजुली , गोविन्द पाठक , एकराज विष्ट , नवराज खतिवडा , शान्तिराम निरौला ,मनोज दाहाल , फुनिनाथ दुलाल ,गुणराज भण्डारी ,अनिल गौतम ,कुमार दर्नाल , सोयालाल राजवंशी ,रुद्र बराल र प्रेमप्रसाद गौतम रहेका छन् ।