सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त समिक्षा कार्यक्रम तथा ब्यवसायिक मौरी पालन सम्बन्धी तालिम प्रदान गरेको छ ।
झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक साकोसले आज बिर्तामोडमा एक दिने लघुवित्त समिक्षा सहित मौरी पालन सम्बन्धी तालिमको आयोजना गरेको हो ।

साकोसले संस्थाद्वारा संचालित लघुवित्त कार्यक्रम अन्तर्गतका सेवाकेन्द्रहरुका केन्द्र प्रमुखहरुसँग लघुवित्त कार्यक्रम बारे समिक्षा गरिएको हो ।

_1736908732.jpg)
संस्थाका कोषाध्यक्ष मेहरमान बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा लघुवित्तको शुरुवात कसरी भयो ? यसको आवश्यकता किन र के–का लागि ? भन्ने विषयमा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले सहभागिलाई जानकारी प्रदान गरेका थिए ।
त्यस्तै संस्थाका नीति नियम तथा संचालित बचतहरुका बारेमा आलेप विभाग प्रमुख दुर्गा प्रसाद रिजाल र कर्जा सदुपयोगिताका बारेमा लघुवित्त विभाग प्रमुख परमानन्द राजवंशीले विषयगत अन्तरक्रिया गर्दै प्रष्ट पारेका थिए ।

साथै श्री सतासी महिला मौरी पालन सहकारी संस्थाको ब्यवस्थापक देवी माया दाहालले मौरी पालनको बिषयमा सहजिकरण गरेकी थिइन । उनले मौरी पालनबाट ब्यवसायिक कसरी हुने, फाईदाहरु के कत्ती गर्न सकिन्छ, मौरीलाई चाहिने वातावरण लगायतका बारेमा जानकारी दिएकी थिइन ।
उनले ब्यवसायिक हुनका लागि साक्षरता तालिम समेत प्रदान गरिन । सदस्यलाई उद्यम संग जोड्न मौरी पालन सम्बन्धी तालिम प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए । उनले सदस्यको आर्थिक अवस्था सुधार गर्दै व्यवसायिकतामा जोड्न तालिमले सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।