झापा : मोटरसाइकल र अटो चोरीमा संलग्न थप चारजनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । यसअघि चारजनाको गिरोह पक्राउ परेपछि थप चारजनालाई पक्राउ गरिएको हो । पछिल्लो समय पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका ३ बस्ने २८ वर्षीय बलराम साह , मेचीनगर नगरपालिका वडा न। १४ दुवागढी बस्ने ४० वर्षीय फुल महमद र झापा गाउँपालिका वडा न। ५ वस्ने २६ वर्षीय अरमान अली रहेका छन् ।
जेठ ८ गते साँझ ७।५ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी सहायक निरीक्षक पदम बिष्टको टोलीले बिर्तामोड ३ दरबार चोकमा मे ७ प २४०८ नं। को मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा उक्त नम्बरको मोटरसाइकलको कागजपत्र नभएकोले मोटरसाइकल चालक साहलाई नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।

_1751853734.jpg)
गत माघ १७ गते दिउँसो ३ः३० बजे बिर्तामोडको कन्काई अस्पताल अगाडीबाट बिर्तामोड वडा न। १० वस्ने विकास सिटौलाको होण्डा कम्पनीको सो मोटरसाइकल पार्किङ गरेको ठाउँबाट चोरी भएको थियो । पक्राउ परेका साहले उक्त मोटरसाइकल फुल महमदले दिएको बताएका थिए । फुल महमदलाई पक्राउ गरि सोधपुछ गर्दा उक्त मोटरसाइकल अरमान अलीले दिएको बताएपछि महमद र अली दुवैलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए ।
त्यस्तै चोरीको अटोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ५ गते साँझ ७ः५० बजे बिर्तामोड ४ मैनाली गेटमा कचनकवल ४ घर भई हाल बिर्तामोड ४ मा डेरा गरी बस्ने ३४ वर्षीय दिलिप माझी मे १ ह ६७५३ नम्बरको निलो रङ्गको अटोसहित पक्राउ परेका हुन् । उनले ४ महिना अगाडी बिर्तामोड ३ बस्ने २८ वर्षीय रंजित राजवंशीसंग कागजपत्र बिनाको सो अटो खरिद गरी चलाइरहेका थिए ।

_1736908732.jpg)
यसअघि रंजित राजवंशी उनका दुई भाइहरु बिर्तामोड– ३ सैनिकमोड बस्ने २६ वर्षीय प्रदिप राजवंशी , २० वर्षीय कुमार राजवंशी र बिर्तामोड वडा नं। ७ मियाबारी बस्ने २७ वर्षीय जागिर आलमसहित पक्राउ परेका थिए । चोरीको तीनवटा मोटरसाइकल र एउटा अटोसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
