बिर्तामोड । 

झापाको बिर्तामोडमा पत्रकार तथा गजलकार बिटु केसीको गजलसङ्ग्रह ‘धीत’ को परिचर्चा  गरिएको छ । नेपाल पत्रकार महासंघ झापाको  आयोजनामा आज शनिवार केसीको दोस्रो कृति  ‘धीत’ को परिचर्चा कार्यक्रम गरिएको हो । 

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा केसीको गजलसङ्ग्रह ‘धीत’ को परिचर्चा साहित्यकार शिव प्रणत र विवश बलभद्र कोइरालालले गरेका छन् । 

नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारा बरालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत महासंघ झापा शाखा उपाध्यक्ष विनिशा शर्माले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन महासंघ झापा कार्यसमिति सदस्य स्वास्तिका आचार्यले गरेकी थिइन् । 

सोही कार्यक्रमका बिच बराल र केसीलाई पत्रकार महाुसंघ झापाले दीर्घ सेवा सम्मानबाट सम्मानसमेत गरेको थियो । उनीहरुलाई महासंघ झापाका अध्यक्ष गिरी, अग्रज पत्रकार चन्द्र भण्डारी, महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई, केशव आचार्य, नेपाल रेडक्रस झापा सभापति लोकराज ढकाललगायतले दीर्घ सेवा सम्मानबाट सम्मान गरेका हुन् । 

कार्यक्रममा अग्रज पत्रकार, सक्रिय पत्रकार, साहित्यकारलगायतको बाक्लो उपस्थिति रहेको थियो । गजलसङ्ग्रह ‘धीत’ यसअघि नै बिमोचन गरिएको थियो ।