बिर्तामोड । फष्ट स्टेप एजुकेशन कन्सल्टेन्सीको शाखा झापाको बिर्तामोडमा सञ्चालनमा आउने भएको छ । बिगत १७ बर्षदेखि नेपालको काठमाडौं, बुटवल, नेपालगञ्ज र दाङ जिल्लामा सेवा प्रवाह गरिरहेको फष्ट स्टेपले अव बिर्तामोडबाट पनि सेवा सुचारु गर्न लागेको आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो ।
करिव एक साता पछि शाखाको औपचारीक उद्घाटन गरिने जनाइएको छ । पूर्व क्षेत्रका विद्यार्थीलाई लक्षित गरी कोशी प्रदेशमा पहिलो पटक सेवा बिस्तार गर्न लागिएको कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अमित पौडेलले जानकारी दिए ।

कन्सल्टेन्सीले युके, फ्रान्स, अस्ट्रेलिया, क्यानडा, इन्डियालगायतका देशहरुमा अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई शैक्षिक परामर्श सहित काउन्सिलिङ र भिषा प्रोसेसिङ सहितका सेवा दिने प्रवन्ध निर्देशक पौडेलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बिर्तामोड शाखा प्रमुख दिक्षा बस्नेत, कन्सल्टेन्सीकी राशिका उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।