झापा : राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले यस बर्ष औसतभन्दा बढी बर्षा हुने पूर्वानुमान गरेसंगै झापा जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी व्यापक रुपमा शुरुवात गरेको छ ।
यसक्रममा चारआलीस्थित नेपाली सेनाको अरिदमन गणमा झापा जिल्लाको विपद् व्यवस्थापनसंग सम्बन्धित सुरक्षा निकाय , स्थानीय तह र विभिन्न संघ संस्थाबीच आ–आफ्नो पूर्वतयारी, स्रोत र साधनको बारेमा प्रस्तुतीकरण र कथाबस्तुमा आधारित छलफल भएको छ ।

छलफलमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग, स्थानीय तहका विपद् फोकल पर्सन, स्वास्थ्य कार्यालय झापाका अधिकृतहरु, नेपाल रेडक्रस सोसाईटी झापाका प्रतिनिधिहरु, बिर्तामोड उद्योग बाणिज्य संघ, एसएनजेडी संस्था तथा कारितास नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको दौरान स्वागत मन्तब्य अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले राखेका थिए भने कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष राजु न्यौपाने र बिर्तामोड नगरपालिकाको तर्फबाट नगर उपप्रमुख नगेन्द्र संग्रौलाले बिपद् पूर्वतयारीको बारेमा जानकारी दिएका थिए ।

_1736908732.jpg)
उक्त कार्यक्रममा जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा भएका विपद्का सबै क्लस्टरलाई आ–आफ्नो तयारी गरि विपद् परेको खण्डमा तुरुन्त परिचालन भई धनजनको क्षति न्यूनीकरण गर्न निर्देशन समेत दिएका थिए ।
“अभ्यास मनसुन–५” अन्तर्गत संचालन भएको उक्त कार्यक्रममा आज मेचीनगर नगरपालिका वडा नं. १३ र १४ मा अवस्थित निचाझोडा सिमसार क्षेत्रमा बिहान ११ बजे विपद्सम्बन्धी बृहत एकीकृत डेमोस्ट्रेशन रहेको प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिएका छन् ।
