झापा 

अलैंचीमा संमलग्न कर्मचारी र मजदुरहरूको स्वास्थ्य र सुरक्षा सम्बन्धी एक दिने अभिमुखीकरण झापाको बिर्तामोडमा आज सम्पन्न भएको छ । 

 नेपाल अलैंची व्यवसायी महासंघको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा गोदाममा काम गर्ने अलैंची मजदुरका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो । 

 बिर्तामोड नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सागर मिश्रको प्रमुख अतिथ्यता तथा नेपाल अलैची व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा श्रम कार्यालय भद्रपुरका प्रमुख मातृका कट्टेल र बिर्तामोड नगरपालिकाको  श्रम तथा रोजगार शाखा प्रमुख होमनाथ भट्टराईले तालीमको सहजीकरण गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले श्रमले तोकेको मुल्य लिएपछि इमानदारीताका साथ लगनशिल भएर मजदुरहरुले काम गर्नु र्निे धारणा राखे । उनले अलैंचीमा काम गर्ने मजदुरलाई रोजगारीको आवश्यकता भए नगरले पनि मापदण्ड अनुसार रोजगारी दिने बताउंदै सुचिकृत हुन उनीहरुलाई आग्रह गरे । 

final 2

 उनीहरूले अलैंचीको क्षेत्रमा काम गर्ने मजदुरहरूले अपनाउनुपर्ने सुरक्षा तथा श्रम ऐन २०७४ कार्यान्वयन भित्र रहेका बुँदाहरूका विषयमा मजदुरलाई जानकारी प्रदान गरेृका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले व्यवसायी र मजदुरबीच नङ र मासुको सम्बन्ध रहेको भन्दै काम गर्ने सिलसिलामा सुरक्षाका सावधानी अपनाउनुपर्ने र स्वास्थ्यप्रति पनि उत्तिकै सजग हुनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा चेम्बर अफ कमर्सका झापा अध्यक्ष तथा अलैची व्यवसायी महासंघका सल्लाहकार ओम कृष्ण बिमलीले शुभकामना मनतब्य राखेका थिए । 

महासंघका महासचिव नारायणप्रसाद चिमरियाले सञ्चालन गरेको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष इन्द्र चन्द विन्दलले स्वागत गरेका थिए । महासंघका कार्यकारी अधिकृत अनील ढुङ्गानको संयोजनमा भएको कार्यक्रममा नेपालका केन्द्रीय सदस्य रामकृष्ण बिष्ट लगायतको उपस्थिति रहेको थियो । तालिममा १ सय हाराहारीमा अलैंचीमा काम गर्ने मजदुरहरुको सहभागिता रहेको थियो ।