नेपाली सेनाले विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन ‘प्राकृतिक विपद् व्यवस्थापन सम्बन्धी एकीकृत अभ्यास (मनसुन–५) को पर्दशन गरेको छ । 

WhatsApp Image 2025-06-04 at 05.53.16 (1)

जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा भएको अभ्यासमा नेपाली सेनाको अरीदमन गण चारआली , नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रस सोसाइटी झापा र जिल्ला जनस्वास्थ्य कार्यालयको सक्रिय सहभागिता रहेको थियो । 

WhatsApp Image 2025-06-04 at 05.53.17

झापाको मेचिनगर–१३ र १४ को निचाझोडा सिमसार क्षेत्रमा ‘प्राकृतिक विपद् व्यवस्थापन सम्बन्धी एकीकृत अभ्यास आज गरिएको हो ।  

बाढी, डुबान तथा कटानबाट हुने धनजनको क्षतिलाई न्यूनिकरण गर्न तयारी स्वरूप ड्रेमोस्टेसन प्रदर्शनी गरिएको हो।

अरिदमन गण चारालीका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले स्वागत गरेको कार्यक्रममा झापा जिल्लाका विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत अध्यक्ष उपाध्यक्ष नगर प्रमुख नगर उपप्रमुख सहित विभिन्न सरकारवाला संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । 

बर्खाको समयमा बाढीबाट ठूलो धनजनको क्षति हुने भएकाले क्षति न्यूनीकरणको लागि नेपाली सेनाको अगुवाइमा सबैको सहकार्य र हातेमालोमा आज डेमोस्ट्रेसन कार्यक्रम गरिएको गणपति बस्नेतले जानकारी दिए।

मनसुन ५ अन्तर्गत यही जेठ २३ गतेदेखि २९ गतेसम्म बाढी प्रभावित पालिका क्षेत्रमा गएर फिल्ड ट्रेनिङ गराउने र उनीहरूलाई बाढीबाट जोगाउने र बाढी आउँदा के गर्ने कसो गर्ने भन्ने विषयमा जानकारी समेत गराइने गणपति बस्न्यातको भनाइ छ

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको अभ्यास कार्यक्रममा जिल्ला सुरक्षा समिति, झापाका विभिन्न पालिकाका प्रतिनिधि  र संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासी गरी करिब ४ सय जनाको उपस्थिति रहेको थियो । 

WhatsApp Image 2025-06-04 at 05.53.16

प्रजिअ अधिकारीले मनसुन प्रतिकार्य पूर्व तयारी अभ्यास र विपद प्रतिकार्य पूर्व तयारी अभ्यासजस्ता कार्यक्रमले सुरक्षा निकायलाई आपतका वेला कसरी काम गर्नुपर्छ भन्ने कुराको महत्वपूर्ण ज्ञान दिने हुँदा यो कार्यक्रम धेरै प्रभावकारी भएको बताएका थिए । 

बाढी, पहिरो र डुवान, खोज उद्धार, राहत र पुनस्र्थापन विषयमा केन्द्रित रहेर पर्दशन देखाइएको थियो ।