झापाको बिर्तामोडमा पहिलो पटक शैक्षिक ‘रोड शो’ को आयोजना गरिने भएको छ । काठमाडौं इन्फोसिस एजुकेशन कन्सलट्यान्सी (केआईईसी) को आयोजनामा जेठ २५ गते आइतवारका दिन बिर्तामोडमा शैक्षिक रोड शो को आयोजना गरिएको हो ।
अष्ट्रेलिया, न्यूजरल्याण्ड,युके, युएसए, क्यानडा लगायतका देशमा अध्ययनका लागि जाने विद्याथीलाई लक्षित गर्दै रोड शो गर्न लागिएको आलोक कार्कीले जानकारी दिए ।

पाँच देशका १२ वटा युनिर्भसिटिका विज्ञहरुले रोड शो मा सहभागी विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श प्रदान गर्ने बिर्तामोडमा आज विहीवार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आलोक कार्की, सुशील भण्डारी, सुमन उप्रेती, प्रितम कोइराला, सुमन श्रेष्ट लगायत ६ जनाको संयुक्त लगानीमा बिर्तामोडस्थित भद्रपुर रोडमा केआईईसीको १६ औं शाखा सञ्चालनमा आउन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

_1736908732.jpg)
कन्सलट्याण्सीबाट अध्ययनका लागि अष्टे«लिया, न्यूजरल्याण्ड, युके, युएसए, क्यानडा लगायतका देशमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श समेत प्रदान गरिने जनाइएको छ ।
जसका लागि भारतमा लामो समयसम्म काम गरेका शैक्षिक विज्ञहरुले परामर्श दिने केआईईसी बिर्तामोड शाखाका सञ्चालक सुशील भण्डारीले जानकारी दिए ।

कोशी प्रदेशमा बिराटनगर र इटहरीमा शाखा कार्यालय रहेको केआईईसीका वंगलादेश सहित अष्ट्रेलिया र यु्केमा अन्तराष्ट्रिय तीन वटा शाखा रहेको सञ्चालक कार्कीको भनाई छ ।
केआईईसीको मुख्य कार्यालय भने काठमाडौंस्थित पुतलीसडकमा रहेको छ भने यो कन्सलट्यान्सीले विगत १९ वर्षअघि देखि नेपालमा सेवा प्रदान गरिरहेको छ ।
सञ्चालनमा आउन लागेको शाखाले अध्ययनकालागि विदेश जाने इच्छुक विद्यार्थीलाई काउन्सिलिङ सहित आयल्सका तयारी कक्षा, डकुमेन्टेशन सहित परामर्श दिने जनाइएको छ ।