झापा
झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाईको छ । गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड – ५ को आयोजनामा गायत्री जयन्ती मनाइएको हो ।

गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालीको निशान यात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । विभिन्न संघ संस्थाका पदाधिकारी सहित गायत्री माताका भक्तजन सहित दुई सय भन्दा बढी बढुक, स्काउटतथा धार्मिक एवम् सामाजिक व्यक्तिहरुको सहभागीतामा निकालिएको ¥याली बिर्तामोड नगरपरिक्रमा पछि मन्दिर परिसरमा पुगेको थियो ।
यस अवसरमा मन्दिर निर्माण समितिका संस्थापक अध्यक्ष रौनक वंशल , मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विवेक अग्रवाल लगायतले मन्दिरमा आएका श्रद्धालुभक्तजनलाई स्वागत गरेका थिए ।

_1736908732.jpg)
पूर्वमै पहिलो पटक अढाई करोड रुपैयाँको लागतमा मन्दिर निर्माण भएसंगै गायत्री जयन्ती समेत पहिलो पटक मनाइएको हो । गायत्री जयन्तीमा जिल्ला ट्राफिक प्रहरी कार्यँलय झापाका प्रमुख गणेश पौडेल, बिर्तामोड नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रसाई, बिर्तामोड साना सहरी खानेपान्ी तथा सरसफाई उपभोक्ता समतिका अध्यक्ष मेघराज वास्तोला, अग्रसेन भवन सेवा समितिका अध्यक्ष सुरेश कुमार भद्रपुरे लगायत पाँच सय भन्दा बढीको सहभागीता रहेको थियो ।
बिर्तामोडका युवा व्यवसायी वंशलको अगुवाइमा बिर्तामोड ५ स्थित अग्रसेन भवनको समिपमा माता गायत्रीको दिब्य मन्दिर निर्माण भएको छ । २०८० साल जेठ १७ गतेबाट मन्दिर निर्माण प्रारम्भ भएर २०८१ साल माघ २१ गते विधिपूर्वक माताको प्राण प्रतिष्ठा गर्दै मन्दिर सञ्चालनमा आएको थियो ।

गायत्री माता मन्दिर सेवा समितिले गायत्री जयन्तीमा विशेष प्रकारको कार्यक्रम आयोजना गर्दै साँझ सन्ध्या आरती गर्ने कार्यक्रम रहेको बताइएको छ ।