विश्व वातावरण दिवसकोे अवसरमा आज मेचीनगरमा नेपाली सेनाले वृक्षरोपण गरेको छ । मेची नगरपालिका १४ दुवागढी स्थित होल्डिङ्ग सुरक्षा पोष्टको अगाडी रहेको खाली जमिनमा चारआली स्थित अरीदमन गणका प्रमुख सेनानी प्राजु बस्न्यातको नेतृत्वमा खट्टिएको ११५ जनाको सेनाको टोलीले बृक्षारोपण गरेको हो ।

गणले सुरक्षा प्रदान गरिरहेको होल्डिङ्ग सुरक्षा पोष्टको अगाडी खाली जमिनमा मेची नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष बाबुलाल सुब्बा तथा स्थानियवासीहरुको समेत सहभागीतामा बिभिन्न प्रजातीका २३० वटा बोट बिरुवाहरु बृक्षारोपण गरिएको अरदीमन गणका प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए ।
अमला ४०, रुद्राक्ष १५, सरिफा २०, टिक १५ , निम २५, बडर २०, जामुन ३० , रातो सिरिङ १० ,चिउरी २० मसला १५, कल्की १५, राजबृक्ष १५ वटा बिरुवा रोपिएको गणले जनाएको छ ।