झापा 

झापाको बिर्तामोड ५ स्थित  न्युटन्स एजुकेसन एकाडेमीले आयोजना गरेको तीन दिने अभिभावक तथा शिक्षक प्रशिक्षण कार्यक्रम समापन भएको छ । 

बिहिबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रम आज शनिबार समापन भएको हो ।  पहिलो दिन कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका अभिभावक र दोस्रो दिन कक्षा ६ देखि १० कक्षा सम्मका अभिभावक र आज शिक्षकलाई प्रशिक्षण दिइएको हो । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त वरिष्ठ प्रशिक्षक मनोपरामर्शदाता तथा उत्प्रेरक वक्ता ईश्वर श्रेष्ठले प्रशिक्षण दिएका हुन् ।  

अभिभावक र शिक्षकबिच समन्बध प्रगाढ बनाउंदै विद्यार्थीमा देखींदै आएका विविध समस्या समाधानका लागि यो कार्यक्रम आयोजना गरिएको न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले बताए । 

विद्यार्थी र अभिभावकमा हुने खराब आचरण सुधार्दै असल  व्यवहारको  विकासमा सघाउ पु¥याउन कार्यक्रम प्रभावकारी हुने उनको भनाई छ । 

समापन कार्यक्रममा न्युटन्स र एभरेष्ट स्मार्टका शिक्षकहरु सहित बाह्रदशीको दिपजन सकेन्डरी स्कुलबाट १०, निधि स्कुलबाट १०, बुद्ध स्मृति स्कुलबाट १०, गोमेन्द्र बिर्तामोडलबाट १०, लिंकन मनटेश्वरीबाट १० र ओम विद्या मन्दिरबाट १० गरी कुल १८० जना शिक्षकहरुको सहभागिता रहेको थियो । 

 समापन कार्यक्रम विद्यालय व्यवस्थापन समिति सदस्य तथा शिक्षक प्रतिनिधि सुवास तिम्सीनाको अध्यक्षता तथा बिर्तामोड नगर शिक्षा शाखा अधिकृत लासाङ तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि तामाङ, बालबालिका शिक्षा तथा सञ्चार मञ्च अध्यक्ष सरोज पौडेल, प्वासन झापा सचिव लक्ष्मी उप्रेतीले मनतब्य राखेका थिए । 

कार्यक्रममा निधि क्यापसका प्रिन्सीपल रंजित शाह, एभरेष्ट स्मार्ट स्कुलका अनुप शर्मा, निधि स्कुलका प्रिन्सीपल भिष्म प्रसाई, हिसान झापा कार्यबाहक अध्यक्ष उत्तम खनाल, गोमेन्द्र बिर्तामोडलको गिता ढकाल लगायतको आतिथ्यता रहेको थियो

शिक्षक पवित्रा पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत सहित औचित्माथि प्रकाश प्रिन्सीपल देबेन्द्र हुमांगांईले पारेका थिए ।