झापा
झापाको बिर्तामोडमा कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आज शनिबारबाट शुरू भएको छ । बिर्तामोड ५ स्थित देवी माविको प्राङगणमा आजबाट सुरु भएको प्रदर्शनीको एक कार्यक्रमकाबिच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मोबाइल एप्सबाट दीप प्रज्वलन गरी उद्घाटन गरेकी छन् ।

नेकपा एमाले विज्ञान तथा प्रविधि बिभाग कोशी प्रदेश कमिटीको आयोजनामा भएको प्रदर्शनी तीन दिनसम्म संचालन हुने आयोजक कमिटीका संयोजक गणेश पोख्रेलले जानकारी दिएका छन् ।
प्रदर्शनीमा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

_1736908732.jpg)
कोशी प्रदेशका बिभिन्न जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले बनाएका विज्ञान र प्रविधि सम्बन्धी सामग्री तथा उपकरणहरू सो प्रदर्शनीमा राखिएका छन् ।
हजारौँ बढी शिक्षक, अभिभावक र विद्यार्थीहरूले पहिलो दिनको प्रदर्शनीमा अवलोकन गरेको कार्यक्रम संयोजक गणेश पोखरेलको भनाई छ । विज्ञान तथा प्रविधिसँग अभिरुचि राख्ने विद्यार्थीहरू तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको प्रदर्शनीमा एक सय भन्दा बढी विज्ञान तथा प्रविधिसँग सम्बन्धित स्टलहरू रहेका छन् । पर्दशनीमा कोशी प्रदेशका १२ वटा जिल्लाका ८० विद्यालयहरुको सहभागिता छ ।
