झापाको छिमेकीको भैंसी चोरेर बेच्नै लाग्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

झापा गाउँपालिका–६ का १९ वर्षीय बिनोद बनियालाई प्रहरीले पक्राउ गरेको हो । सोही स्थानका खगेन्द्रकुमार कार्कीको भैंसी खेतमा चराउनका लागि पगाहा लगाएको स्थानबाट चोरेर बानियाले बेच्न लगेका थिए ।

झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका वडा नं। ६ को सिमानामा पर्ने बिरिङ खोला पुर्‍याएर भैंसी व्यापारीलाई बोलाएर बिक्री गर्ने क्रममा व्यापारीलाई चोरी गरी ल्याएको भन्ने शंका लागेपछि प्रहरी खबर गरेका थिए । 

प्रहरीले नियन्त्रणमा लिएर उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराएर दिन ५ म्याद थप गरी चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।