भन्सार छलीका १३ थान आइफोनसहित झापा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बंगाल बस्ने अन्दाजी बर्ष ६५ को नुर आलम छन् ।
हिजो २९ गते दिउंसो १५ः३० बजेको समयमा जिल्ला झापा मेचीनगर नगरपालिका १२ स्थित धुलाबारी बस स्ट्याण्डबाट जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोशाक सहितको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो ।

धुलाबारीबाट ईटहरी जाने बसमा चढ्न लागेको अवस्थामा आलमले भन्सार छली ल्याई झोलामा बोकेको १३ थान मोबाईलहरु करीब ५ लाख ४० हजार बराबरको बरामद गरीएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आवश्यक कारवाहिको लागि नियन्त्रणमा रहेका आलम र बरामद मोबाइल सहित मेचि भन्सार कार्यालय काकडभिट्टा मा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

_1736908732.jpg)
प्रहरीले निम्न मोवाइल फोन बरामद गरेको जनाएको छ ।