हिजो शनिबार अर्जुनधारा न।पा। ६ माता मन्दिर स्थित  सि एम  स्वीमिङ पुलमा डुबेर एक युवकको ज्यान गएको छ। 

 अन्दाजी २०:३० बजेको समयमा जिल्ला झापा  जिल्ला काठमाण्डौ  महानगरपालिका वडा नं १४ बाफल घर भई बिगत २ महिना अगाडी देखि जिल्ला झापा अर्जुनधारा  न।पा। ११ बसपार्कमा बस्दै आएको बर्ष अ। ४० को केशब पाठक को  पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाईते पाठकलाई  तत्काल  उद्धार गरी निजकै साथीहरुले उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड ल्याएको भए पनि  डाक्टरले मृत घोषणा गरेका हुन् ।  थप अनुसन्धानको लागि इप्रका अनारमनीबाट प्रहरि अधिकृतको टोली खटिएको बताइएको छ।