बिर्तामोड : जिल्ला प्रहरी कार्यालय झापाले जेठ महिनामा फरार प्रतिवादीहरुविरुद्ध चलाएको विशेष अभियानमा ठूलो सफलता हात पारेको छ।

एक दशकदेखि फरार रहेका बलात्कार तथा चोरी मुद्दाका दोषीदेखि करोडौं राजस्व छली गर्ने अभियुक्त सम्मलाई प्रहरीले पक्राउ गरी कानुनको कठघरामा उभ्याएको छ।

अभियानका क्रममा विभिन्न मुद्दाका जम्मा ५१ जना फरार प्रतिवादी पक्राउ परेका छन्, जसबाट राज्यले करिब ३ करोड रुपैयाँ जरिवाना असुल गरेको छ।

बहुचर्चित मुद्दाका अभियुक्त पक्राउ

प्रहरीको कारबाहीमा सबैभन्दा ठूलो सफलताको रूपमा दुईजना उच्च(प्रोफाइल अपराधीको पक्राउलाई लिइएको छ स्

१। प्रदीप राई ९१० वर्ष कैद०स् उच्च अदालत विराटनगर, इलाम इजलासले २०७२ सालमा जबरजस्ती करणी र चोरी मुद्दामा १० वर्ष कैद सजाय सुनाएका मेचीनगर ७ का ३२ वर्षीय प्रदीप राई एक दशकदेखि फरार थिए। प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ।

२। अमिर लगुन विश्वकर्मा ९१ वर्ष कैद, २।८४ करोड जरिवाना०स् उच्च अदालत पाटनले २०८० सालमा राजस्व चुहावट मुद्दामा दोषी ठहर गर्दै १ वर्ष २ महिना १५ दिन कैद र रु। २,८४,५८,६०५ दुई करोड चौरासी लाखभन्दा बढी  जरिवाना तोकेका बिर्तामोड ८ का ३० वर्षीय अमिर लगुन विश्वकर्मा पनि पक्राउ परेका छन्। उनको पक्राउले राजस्व छली गर्नेहरुलाई कडा सन्देश दिएको छ।

अभियानको समग्र सफलता

जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरूबाट खटिएको टोलीले जेठ महिनाभर चलाएको अभियानमा ४३ जना पुरुष, ७ जना महिला र १ जना तेस्रो लिङ्गी गरी कुल ५१ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई झापा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार कैद सजाय बाँकी रहेकाहरुलाई कैद भुक्तानका लागि कारागार कार्यालय, झापा पठाइएको छ ।

जरिवाना मात्र बाँकी रहेकाहरुले तोकिएको रकम दाखिला गरेपछि उनीहरुको लगत कट्टा गरिएको छ।

३१ वर्ष कैद र ३ करोड जरिवाना असुल

यो कारबाहीबाट कुल ३१ वर्ष ५ महिना २६ दिन को कैद सजाय कार्यान्वयन भएको छ भने जरिवाना बापत राज्य कोषमा रु। २,९९,७८,५६० दुई करोड उनान्सय लाख अठहत्तर हजार पाँच सय साठी दाखिला भएको छ।