कांकभिट्टा :
कांकभिट्टा नाकाबाट प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ परेका छन् । शसस्त्र प्रहरी बल प्रस्ताबित सीमा सुरक्षा गुल्म कांकरभिट्टाबाट खटिएको कुकुर सहितको टोलीले झापाको कन्काई ४ का ३४ वर्षीय सन्जित शिवा दर्जीलाई पक्राउ गरेको हो । हिजो सोमबार बिहान १० बजेको सयमा भारतको पानीटंकी बाट सिटी रिक्सामा नेपाल तर्फ आउंदै गरेका दर्जीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २१ .९४० मिलिग्राम खैरो हिरोइन बरामद भएको शसस्त्र प्रहरीले जनाएको छ ।

यस अघि पनि शसस्त्र प्रहरीले ठुलो परिणामको कांकरभिट्टाबाट १५८ ग्राम एक पटक र १३ ग्राम दोस्रोपटक लागु औषध बरामद गरेको थियो । अहिले तेस्रो पटकमा प्रहरीले २१ ग्राम बढी लागु औषध बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दर्जी माथि थप अनुसन्धान भइरहेको शसस्त्र प्रहरी बल २ नम्बर गणले जनाएको छ ।

_1736908732.jpg)