गएको शुक्रवार इजरायलले इरानको आणविक कार्यक्रम सहित सैन्य पूर्वाधार लक्षित आक्रमण गरेपछि शुरू भएको दुई देशबीचको द्वन्द्व ६ दिनदेखि चलिरहेको छ ।
गैरनाफामुखी संस्था मानव अधिकारकर्मी समाचार एजेन्सी ९एनआरएएन० को तथ्याङ्क अनुसार इजरायली आक्रमणका कारण इरानमा ४ सय ५२ जनाको ज्यान गएको र ६ सय ४६ जना घाइते भएका बीबीसीले जनाएको छ । यस्तै इजरायलमा इरानी आक्रमणमा परेर २४ जनाको ज्यान गएको र ८ सय जनाभन्दा धेरै घाइते भएका छन् ।

इजरायली सेनाले द्वन्द्वको छैटौं दिनमा धेरै इरानी युरेनियम सेन्ट्रीफ्यूज उत्पादन स्थल र हतियार बनाउने पूर्वाधारहरूमा आक्रमण गरेको बताएको छ । यस्तै इरानी सञ्चारमाध्यमका अनुसार इरानले पहिलो पटक इजरायलमा फतह मिसाइल प्रहार गरेको छ । फतह मिसाइल हाइपरसोनिक हो ।
यसैबीच इजरायली आक्रमणमा अमेरिका सामेल भएमा अपूरणीय क्षति’ हुने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । खामेनेईले सरकारी टेलिभिजनमा सन्देश दिँदै इरानले आत्मसमर्पण नगर्ने बताउनुभएको हो ।

_1736908732.jpg)
छैटौं दिन पनि द्वन्द्व जारी रहँदा ट्रम्पले इरानी आणविक सुविधाहरूमा इजरायलको आक्रमणमा सामेल हुनेबारे छलफल गरिरहनुभएको बीबीसीले जनाएको छ । यसअघि ट्रम्पले विनाशर्त आत्मसमर्पणका लागि इरानलाई आग्रह गर्नुभएको थियो ।