झापाको बिर्तामोडमा ‘ओमन वल्ड बुटिक’ सञ्चालनमा आएको छ । बिर्तामोड ५ स्थित धर्मकांटा रोडमा रहेको मायादेबी कम्प्लेक्समा उक्त बुटिक आज शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

WhatsApp Image 2025-06-20 at 02.26.15

बुटिक बिर्तामोड ५ कि मिक्फुङ लिम्बुले सञ्चालनमा ल्याएकी हुन् । लामो समयदेखि बुटिक डिजाइन सम्बन्धी काम गरेकी  लिम्बुले झण्डै ९ बर्षदेखि ओमन वल्ड बुटिक सञ्चालन गरिरहेकी छन् । उनले यस अघि बुशान्तिको बुधबारे बजारमा उक्त बुटिक सञ्चालन गरिरहेकी थिइन ।

WhatsApp Image 2025-06-20 at 02.26.16

बुटिकको उद्घाटन सञ्चालक लिम्बुको बुबा हर्क लिम्बु र आमा पञ्चमाया लिम्बुले आज एक कार्यक्रमकाबिच रिबन काटेर गरेका छन् ।

WhatsApp Image 2025-06-20 at 02.30.24 (1)

बिभिन्न जातजातिका साँस्कृतिक पहिरनदेखि  चलेका सम्पूर्ण खाले महिलाका पहिरनहरु ओमन वल्ड बुटिकमा तयार हुने सञ्चालक लिम्बुको भनाई छ ।

पहिरन पारखीहरुका लागि ओमन वल्ड बुटिक रोजाईको बुटिक बन्न सक्ने उनको दावी छ ।

बुटिकमा विशेषगरी लेहेंगा, गाउन, सारी , ढाका लगायत युवा लक्षित, आधुनिक डिजाइनका  हातद्धारा निर्मित पोशाक उपलब्ध गराउने बताइएको छ ।

WhatsApp Image 2025-06-20 at 02.30.23

‘महिलाहरुको पहिरन विशेषगरी विवाहको लागि आवश्यक ब्लाउज, लेहेंगा, जुत्ता, क्याजल वेयरका कुर्ता सुरुवाल पाइने र अनलाइन अडर र होमडेलिभरीको पनि ब्यवस्था रहेको सञ्चालकको भनाई छ ।

‘हामी ग्राहकको रोजाइअनुसार र उनीहरुको शारीरिक बनोटसँग मिल्ने गरी पहिरनको डिजाइन गर्छाै । र, तुलनात्मक रुपमा हामी अरुभन्दा सस्तोका साथै गुणस्तरका सामान उपभोक्तामाझ पु¥याइरहेका छौं,’ सञ्चालक लिम्बुले बताइन् ।

करिब ३० लाख रुपैयाँ भन्दा बढीको लगानीमा सुरु भएको बुटिकमा हाल ६ जनाले रोजगारी पाएका छन् ।