झापा ।
नदीजन्य पदार्थ उत्खनन् गर्ने पाँच वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाई खोलाबाट आज शनिवार ११ः३० बजेको सयमयमा प्रहरीले पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

झापा बुद्धशान्ति– ४ स्थित टिमाई खोलाबाट ट्याक्टरहरुले नदि जन्य पदार्थ ढुङ्गा अवैध रुपमा ओसार पोसार गर्दै गरेको अवस्थामा अस्थाई प्रहरी चौकी मंगलबारे खटिएको गस्ति टोलीले नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले मे. १ त. ५१३५, मे. १ त. ७३७२, मे. १ त. ७५४३, मे. १ त ५४४६ र मे. १ त .२४६१ प्लेट नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
ती पाँच वटै ट्याक्टरलाई अस्थाई प्रहरी चौकी मंगलबारे झापामा ल्याएर आवश्यक कारवाहीको लागि बुद्धशान्ति गाँउपालिकाको कार्यालय बुधबारे झापा पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ।