झापाको कनकाई नगरपालिका–४ कृषिमार्ग नमुना टोलबाट लागू औषधसहित एक जना महिला पक्राउ परेकी छिन् ।
सोही स्थानकी ४० बर्षियमा बिमला चौधरीले आफ्नै घरमा प्रतिबन्धित लागूऔषध खरिद बिक्री गर्ने गरेको भन्ने सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले सोमवार दिनको ४ बजेको समय प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले बिमला चौधरीको घर कोठा खानतलासी गर्दा उनको घरदेखी पुर्वतर्फ रहेको पुरानो ईट्टा थुपारेको थुप्रोमा ईट्टाले छोपी लुकाई छिपाई राखेको प्रतिबन्धित लागू औषध गाँजा फेला परेको थियो ।

_1736908732.jpg)
प्रहरीले उक्त स्थानबाट प्लास्टिक बाहेक २३४ ग्राम अबैध गांजा फेला पारी बरामद गरेको थियो ।
चौधरीलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
