झापा । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विरामी शेयर सदस्यको कर्जा मिनाह गरेको छ ।

चारआली सेवा केन्द्र अन्तरगतको शेयर सदस्य मेचीनगर ९ निवासी तारा विर विश्वकर्माको कर्जा मिनाह गरेको हो । सदस्य विश्वकर्माको ब्रेन स्ट्रोकका कारण प्यारालाईसेस भएको छ । 

विरामी शेयर सदस्य विश्वकर्माले कुनै किसिमको काम  गर्न नसक्ने भएको हुँदा कर्जा मिनाह गरिएको सिम्रिक साकोसका आइटी अधिकृत विजय पाण्डेले जानकारी दिए । मेचीनगर ९ का वडाध्यक्ष कन्चन तामाङ्गको उपस्थितिमा विश्वकर्माको २ लाख ५ सय ५४ रुपैयाँ मिनाह गरिएको पाण्डले बताए । 

 संस्थाको जनसम्पर्क अधिकारी प्रेम बस्नेत, आईटी अधिकृत विजय पाण्डे, चारआली सेवा केन्द्र प्रमुख रेशिका आचार्य र धुलाबारी सेवा केन्द्रकी अन्जु प्रधानको कर्जा मिनाह कार्यक्रममा उपस्थिति रहेको थियो ।