मेचीनगर : मेचीनगर नगरपालिकाले अति न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडान गरिदिने भएको छ । मेचीनगर नगरपालिकाको भर्खरै सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडान गरिदिने भएको छ ।
त्यसका लागि नगरपालिकाले न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडानका लागि ४७ लाख ५० हजार रुपैयाँ बजेटमा छुट्टाएको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यसअघि बाहुनडाँगीमा आयोजित एक कार्यक्रममा खानेपानीको धारा जडान गर्न नसक्ने अति विपन्न परिवारलाई निःशुल्क धारा जोडिदिने घोषणा गरेका थिए ।
सोही अनुरुप यसपटक बजेट उक्त कुरालाई सम्बोधन गरिएको छ । उनले खानेपानी संस्थाहरुसँगको सहकार्यमा अति विपन्न परिवारको कार्यविधि बनाएर धारा जडान गरिने जानकारी दिए ।