दमक : विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
आज दिउँसो करिब १२ः३० बजे दमक नगरपालिका–९ क्याम्पसमोड क्षेत्रबाट सोही वडाको देउराली टोलका १९ वर्षीय सागर कुमाल पक्राउ प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो ।

कुमालले बोकेको कालो झोलामा बिक्री वितरण गर्ने उद्देश्यले राखिएका ९ पत्ता Diyse–20 लेखिएको औषधि र ९ पत्ता ट्रामाडोल फेला परेको थियो ।
कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।