बिर्तामोड :  बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीलाई आधारभूत प्राथमिक उपचार सम्बन्धी अभिमुखीकरण सुरु गरिएको छ ।

आदर्श कलेजको आयोजना, सुरुवाती कोठा नेपाल झापा र आदर्श एम्बासडर क्लबको संयोजनमा दुई दिने आधारभूत प्राथमिक उपचारबारे अभिमुखीकरण सुरु गरिएको कलेजका जनसम्पर्क र  विद्यार्थी भर्ना प्रमुख तथा सुरुवाती कोठा नेपालका अध्यक्ष दिपक दासले जानकारी दिए । आदर्श स्कुलमा  होटल म्यानेजमेन्ट पढाई हुंदै आएको छ । 

बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता र  कलेजका एकाडेमिक कोर्डिनेटर यज्ञराज कडरियाको अध्यक्षतामा भएको कार्यक्रम  कलेजकी व्यवस्थापन प्रमुख अनुशा ढकाल खरेलको निगरानीमा सम्पन्न भएको थियो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले विद्यार्थीले उत्प्रेरणास्वरुप प्राप्त गरेको प्राथमिक उपचारको सीप जीवनभर काम लाग्ने बताए ।

त्यस्तै, प्राथमिक उपचार तालिम संयोजक तथा बाल सुबोधनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्व थापाले प्राथमिक उपचारबारेको सैद्धान्तिक विषयमा जानकारी गराएका थिए ।

त्यस्तै, प्राथमिक उपचारमा आवश्यक कार्डियो पल्मोनरी रेससिट्सन, रगत बग्दाको अवस्था, स्ट्रेचर निर्माण जस्ता जोखिमको बेलामा गरिने प्राथमिक कामका बारेमा डिल्लीराम भण्डारी र हरेशरण खड्काले जानकारी दिए ।

 कलेजका जनसम्पर्क प्रमुख  दिपक दासले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीको दुर्घटना बीमा गरिएको थियो ।

बिर्तामोडस्थित हिमालय एभरेस्ट इन्स्योरेन्स प्रालिसँगको सम्झौता पुनः नवीकरण गर्दै सबै विद्यार्थीको दुर्घटना बीमा गरिएको कलेजले जनाएको छ ।