बिर्तामोड एजुकेशन फाउण्डेशन र वीरता जेसीज विच निःशुल्क कम्प्युटर तालिम गर्न सम्झौता भएको छ। झापाको बिर्तामोड ४ स्थित भद्रपुररोडमा मुख्य कार्यालय रहेको बिर्तामोड एजुकेशनले आज वीरता जेसीजसंग एजुकेशनको सभाहलमा सम्झौता गरेको हो।
सम्झौता पत्रमा हस्ताक्षर गरेर फाउण्डेशनका राज कार्की र जेसिजका अध्यक्ष युवराज कुंवरले पत्र साटा साट गरेका थिए ।

_1751853734.jpg)
शैक्षिक परामर्श केन्द्रको भरपर्दो र विश्वाशिलो बनिरहेको ‘बिर्तामोड एजुकेशनले सामाजिक उत्तरदायित्व वहन गर्दै ४२ जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम आजबाट सुरु गरिएको बिर्तामोड एजुकेशनका अध्यक्ष राज कार्कीले बताए ।

_1736908732.jpg)
प्रविधिको वर्तमान युगमा आर्थिक अवस्थाकै कारण कोही पनि शिक्षा पाउन बन्चित हुनु नपरोस् भन्ने उद्देश्यले यस बर्ष पनि निशुल्क तालिमको आयोजना गरिएको कार्कीले बताए।
बिर्तामोड एजुकेशनले बिगतका केहि बर्षदेखि जेसिजसंगको सहकार्यमा निशुल्क कम्प्युटर तालिम प्रदान गर्दै आएको छ ।

छनोटमा परेर विद्यार्थीहरूलाई कम्प्युटरका आधारभूत ज्ञानदेखि व्यावसायिक सीपसम्मका विभिन्न पाठ्यक्रमहरू निःशुल्क सिकाइने बताइएको छ। बिरता जेसिजका अध्यक्ष युवराज कुँवरले उनीहरुलाई कम्प्युटर शिक्षा सम्बन्धि ३ महिने निशुल्क तालिम प्रदान गरिने बताए ।
संविधान सभा सदस्य सुधिर शिवकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वितामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , पत्रकार महासंघका अध्यक्ष एकराज गिरी , विशाल थापा , जिल्ला ट्राफिक प्रहरी
कार्यालय झापाका प्रमुख गणेश पौडेल , जेसिज पूर्व अध्यक्ष घनश्याम चौधरी , वितोमोड एजुकेशनका राज कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष कुंवरले औचित्यमाथि प्रकाश पारेको कार्यक्रम मा स्वागत कार्यक्रम संयोजक अमरजित शाहले गरेका थिए।
महासचिव विज्ञान राज पौडेलले सञ्चालन गरेको कार्यक्रममा जेसी आस्था सुवास त्रिखत्रीले गरेका थिए।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श तथा अध्यापन गराउने उद्देश्यले २०७३ साल फागुन २४ गते बिर्तामोड एजुकेशन फाउण्डेसनको स्थापना भएको थियो ।
फाउण्डेशनका अध्यक्ष कार्कीका अनुसार इलाम बजार , फिक्कल, झापाको बुद्धशान्ति बुधबारेमा , धुलाबारी र सुरुङ्गामा रहेको फाउण्डेशनको शाखा कार्यालयबाट विद्यार्थीलाई शैक्षिक परामर्श सहित बिभिन्न तालिम, भाषा कक्षा लगयतका सेवा सुविधा प्रदान गर्दै आएको छ।