हल्दिवारी ४ बड़ाबारी स्थित पूर्व विद्यार्थी समाज महेन्द्र माविले चार जना शिक्षक र एक जना जग्गादातालाई सम्मान गरेको छ । आज विहिवार गुरु पूर्णिमाको अवसरमा विद्यार्थी समाजले शिक्षक र दातालाई सम्मान गरेको हो।
शिक्षक रामचन्द्र उप्रेती, गणेश प्रसाद नेपाल, जर्नादन उप्रेती , डिल्लीराम उप्रेती र जग्गादाता इन्द्रलाल राजवंशी लाई सम्मान गरेको हो।

_1751853734.jpg)
त्यस्तै एसईईमा उत्कृष्ट अंक ल्याउने निशा घिमिरे लाई सम्मान गरेको छ।
समाजका अध्यक्ष पुष्पराज निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिवारी गाउँपालिकाको अध्यक्ष रविन्द्र लिङदेन र विशिष्ट अतिथि उपाध्यक्ष लक्ष्मीदेवी मैनाली लगायतले उनीहरुलाई सम्मानपत्र , मायाको चिनो सहित सम्मान गरेका थिए।

_1736908732.jpg)
स्वागत समाजका उपाध्यक्ष कुशव मैनालीले गरेको कार्यक्रमको औचित्यमाथि अर्का उपाध्यक्ष हेमा मिश्र पौडेलले प्रकाश पारेकी थिइन ।

कार्यक्रमको सञ्चालन समाजका सचिव प्रल्हाद सिलवालले गरेका थिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा जलथलका सभापति प्रेमप्रसाद खरेल , हल्दिवारी ४ का वडाध्यक्ष सन्तकुमार थापा , १ का वडाध्यक्ष देबी बहादुर थापा , स्कुलका प्रधानध्यापक ,प्रमुख अतिथि पालिका अध्यक्ष लिङ्देन लगायतले शुभकामना मन्तव्य राखेका थिए।