झापा
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन आगामी २०८४ सालको निर्वाचनसम्म एक ढिक्का भएर अगाडि बढ्ने बताएका छन् । नेकपा एमाले र नेपाली कांग्रेस बीचको सहयात्रालाई ‘सिमेन्टेड’ बलियो सरकारको संज्ञा दिँदै यसको स्थायित्वमा शंका नगर्न सबैलाई प्रधनमन्त्री ओलीले आग्रह गरे ।

_1751853734.jpg)
शनिबार आफ्नो गृह जिल्ला झापाको कन्काई नगरपालिकामा आयोजित भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘चुनावसम्म सँगै जाने दृढ सहमति रहेको उल्लेख गरे ।
उनले यो सरकार आज वा भोलि ढल्छ भनेर उफ्रिनेहरू आफैँ गलेको बताउंदै गठबन्धन टसमस नभएको दाबी गरे ।

_1736908732.jpg)
कांग्रेस सभापति शेरबहादुर देउवासँगको आफ्नो पुरानो मित्रताको स्मरण गर्दै प्रधानमन्त्री ओलीले ३१ सालमा जेलमा हुँदादेखि नै चिनजान भएको बताए ।
उनले ७ बुँदे जे सहमति भएको बताउंदै त्यो अक्षरशः पालना हुने र यो गठबन्धन चट्टान जस्तै बलियो भएको उनको भनाई थियो ।

सरकार विरोधी गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्रीले सडकमा पाँच–सात हजार मान्छेले जुलुस निकाल्दैमा जननिर्वाचित सरकार परिवर्तन नहुने र सरकार परिवर्तनको दिवा सपना नदेख्न चेतावनी दिए ।
देश विकास र समृद्धिको बाटोमा अघि बढिसकेको प्रधानमन्त्रीको ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न तथा लोकतन्त्रको रक्षाका लागि पनि दुई ठूला दल एक ठाउँमा उभिनु परेको प्रष्ट पारेका छन् ।
झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन् । त्यस्तै ओलीले बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु. छ करोड ५० लाखको लागतमा निमार्ण भएको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन् ।
सरकार विरोधी गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्रीले सडकमा पाँच–सात हजार मान्छेले जुलुस निकाल्दैमा जननिर्वाचित सरकार परिवर्तन नहुने र सरकार परिवर्तनको दिवा सपना नदेख्न चेतावनी दिए ।
देश विकास र समृद्धिको बाटोमा अघि बढिसकेको प्रधानमन्त्रीको ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न तथा लोकतन्त्रको रक्षाका लागि पनि दुई ठूला दल एक ठाउँमा उभिनु परेको प्रष्ट पारेका छन् ।
त्यस्तै ओलीले बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु. छ करोड ५० लाखको लागतमा निमार्ण भएको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन् । त्यस्तै दक्षिणी इलामको माई नगर अस्पतालको समेत प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् । उनी हिजो गृह जिल्ला आएका हुन् । ओली आज पनि दिनभर बिभिन्न कार्यक्रममा सहभागि भएर बेलुका काठमाण्डौं फर्किने छन् ।