लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौँबाट ठूलो परिणामको लागू औषध सहित तीनजनालाई पक्राउ गरेको छ।
कोठा भाडामा लिएर अवैध लागु औषधको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

_1751853734.jpg)
प्रहरीका अनुसार मोरङको बेलबारी नगरपालिका–३ घर भएकी ३२ वर्षीया निकु राई, कुंगा तामाङ र पदम बहादुर मेहतानेतालाई लागू औषध सहित पक्राउ गरिएको हो।
आफू बस्ने डेरा कोठा भन्दा छुट्टै कोठा भाडामा लिएर उनीहरुले लागु औषध कारोबार गरेको पाइएको ब्यूरोका प्रवक्ता तथा एसपी जनकबहादुर शाहीले जानकारी दिए ।

_1736908732.jpg)
राईले बालाजु गंगाहल नजिक कोठामा लुकाएर राखेको अवस्थामा ३५ हजार ५९० क्याम्पसुल ट्रामाडोल र साढे १२ किलो गाँजा बरामद भएको छ प्रहरीले जनाएको छ ।

त्यसैगरी कुंगा र पदमको कोठाबाट बुप्रनोर्फिन, डाइजापाम, फेनार्गन गरी ३१ हजार १०१ एम्पुल बरामद भएको छ ।
विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको लागु औषध ब्युरो कार्यालयका प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए।