काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपनिर्वाचनका लागि उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ । पार्टी मुख्यालयमा पत्रकार उम्मेलन गरेर कात्तिक १७ गते रूपन्देही ३ हुने उपनिर्वाचनको उम्मेदवार तय गर्नको लागि उम्मेदवारको मापदण्ड तोकेको हो । पार्टी विधानको भाग २० को खण्ड ६४ ले उम्मेदवारको योग्यताबारे स्पष्ट व्यवस्था गरेको भन्दै ६ योग्यता तय गरेको छ ।

प्रचलित कानुनबमोजिम उम्मेदवार हुन योग्य भएको, पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिमा सम्पत्ति विवरण बुझाएको, प्रहरी रिपोर्ट पेश गरेको हुनुपर्नेछ ।

यस्तै, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार(पसार, लागूऔषध कारोबार, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण, हत्या वा अन्य नैतिक पतन देखिने गम्भीर कसुरमा सजाय नपाएको, अन्य फौजदारी कसुरमा सजाय भुक्तान गरेको भए पनि त्यसको अवधि सकिएको कम्तीमा एक वर्ष पूरा भएको, पार्टीका मूल्य–मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध र अन्य कुनै राजनीतिक दलसँग आबद्ध नरहेको हुनुपर्ने उल्लेख छ ।