झापा  : झापाको बिर्तामोडबाट प्रहरीले ठुलो मात्रामा प्रतिबन्धित औषधिजन्य लागुऔषध बरामद गरेको छ ।  इप्रका बिर्तामोडले बिर्तामोड–५ मंगलदीप टोलमा रहेको एउटा गोदामबाट ठुलो परिणामको औषधिजन्य लागुऔषध बरामद गरेको हो । लागु औषध सहित पक्राउ परेका एक ब्यक्तिलाई  प्रहरीले आज सार्वजनिक समेत गरेको छ । 

प्रहरीले २ लाख २१ हजार ४०० वटा ट्याब्लेट र १ हजार ८७० एम्पुल लागूऔषध बरामद गरेको जनाएको छ । 

प्रहरीले बिहीबार करिब ११ बजे बिर्तामोड नगरपालिका ५ मंगलदिप टोलस्थित मनकुमार संग्रौलाको घरमा कोठा भाडा लिइ भण्डारण गरिराखेको अवस्थामा  १०३८०० क्याप्सुल ट्रामाडोल, १८७० एम्पुल ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन,े ४०५० ट्याब्लेट ट्रामाडोल एण्ड एसीटामिनोफेन् ट्याब्लेट, टर्मिपिल किट ७६५० ट्याब्लेट, जेनेग्रा एम टी रेड १०० एमजीको ८९०० ट्याब्लेट र ९७ हजार ट्याब्लेट डाईक्लोमाइन् एच सी एल ट्याब्लेट बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त प्रतिबन्धित औषधि र लागूऔषधसहित प्रहरीले अर्जुनधारा–६ दासपुल बस्ने बर्ष २५ को विनोद घिमिरेलाई पक्राउ गरेको इप्रका अनारमनीका प्रमुख डीएसपी विजय श्रेष्ठले जानकारी दिए । प्रहरीले यामाहा कम्पनीको प्र. १–०१–०१३ प ८९०४ नम्बरको मोटरसाइकल र २ थान मोबाइलसमेत बरामद गरेकोे छ ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले लागूऔषध ओसारपसार तथा सेवनमा झापा प्रहरी निर्मम भएर लागेका कारण यो सफलता हात परेको बताए ।

सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेलले गोदम नै भाडामा लिएर लागु औषधको कारोबार गरिरहेको जनाइएको छ । उनी हाल फरार छन् । प्रहरीले उनको तिब्र खोजि गरिएको छ ।